कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१८ आश्विन २०८०, बिहीबार

सुदूरपश्चिम प्रदेशमा १० हजार बढी म्यादी प्रहरी परिचालन

Facebook
Twitter
WhatsApp

यहि वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा सुरक्षा प्रयोजनकालागि सुदूरपश्चिम प्रदेशमा दश हजार बढीलाई म्यादी प्रहरीमा परिचालन गरिएको छ ।

बिज्ञापन

सरकारले हालै भर्ना गरिएका म्यादी प्रहरी ४० दिनका लागि परिचालन गरिने छ । प्रदेशका नौ जिल्लाबाट गरी दश हजार एक सय ६१ जनालाई म्यादी प्रहरीमा परिचालन गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । प्रदेशमा म्यादी प्रहरीका लागि २९ हजार ७१४ जनाले आवेदन दिएका थिए ।

यस्तै प्रहरी प्रधान कार्यालयको रेकर्ड अनुसार सातै प्रदेशमा ९९ हजार ९९३ जना म्यादी प्रहरीलाई निर्वाचन सुरक्षाका लागि खटाइएको छ । नेपाल प्रहरीले १ लाख म्यादी प्रहरी भर्नाका लागि दरखास्त आह्वान गरेको थियो । म्यादी प्रहरीले २०७८ चैत २७ मा नियुक्ति पत्र लिएका हुन् । स्थानीय तह निर्वाचन पूरा भएको ७ दिन पछिसम्म म्यादीलाई सुरक्षामा परिचालन गर्ने प्रहरीको योजना छ ।

बिज्ञापन

४० दिनका लागि भर्ना भएका म्यादी प्रहरीले प्रहरी जवानसरह तलब र रासन बापत थप ७ हजार रुपैयाँ पाउँछन् । चुनावमा खटिने म्यादीले ४० दिन काम गरेपछि ३० हजार २८० रुपैयाँ तलब पाउँछन् ।

बिज्ञापन

रासन बापत उनीहरूलाई ७ हजार उपलब्ध गराउने कार्यविधि तयार गरिएको छ । उनीहरूले ६ हजार रुपैयाँ बराबरको लत्ता कपडा र एक हजार रुपैयाँ गाडी भाडाका लागि पाउँछन् । दुईजोर चुस्ता, दुईजोर जुत्ता, मोजा, झुल र स्लिपङ ब्याग उपलब्ध गराउने कार्यविधि तयार गरिएको छ ।

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0