कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

सुदूरपश्चिमेली समाज कतारद्धारा नवनियुक्त राजदुतलाई कतारमा स्वागत

Facebook
Twitter
WhatsApp

लम्की : कतारका लागी नवनियुक्त राजदुत डा. नरेश विक्रम ढकाललाई सुदुरपश्चिमेली समाज कतारले स्वागत गरेको छ । नवनियुक्त राजदुत ढकाल कार्यभार समहाल्न कतार पुगेको अवसरमा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै समाजले उनलाई एक औपचारीक कार्यक्रमकाबिच स्वागत गरेको हो ।

बिज्ञापन

कार्यक्रममा सँस्थाका संरक्षक नरेन्द्र भाट, अन्तर्राष्ट्रिय सु.प. समाजका अध्यक्ष धनबहादुर बलायर लगायतको उपस्थीती रहेको थियो ।स्वागत कार्यक्रममा सुदूरपश्चिमेली समाज कतारले नेपाल लगायतका देशमा गर्दै आएका कामका बारेमा जानकारी समेत गराएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै राजदुत डा. ढकालले सुदुरपश्चिमेली समाज कतारले गरेको कामको विश्लेषण गर्दै आफु नेपाल र नेपालीको हित हुने काममा संधै केन्द्रीत हुने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

बिज्ञापन

साथै कतार निवासीनेपालीले आगामी दिनमा पहिले भोग्दै आएका बिभिन्न समस्याहरुको समाधान गर्ने र नेपालीलाई दुख दिने काम बन्दगर्ने प्रतिवद्धता नया नियुक्त राजदुत ढकालले गर्नुभएको थियो |

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0