कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

सेतोपाटीको यो समाचार हटाउन निर्बाचन आयोगको निर्देशन

Facebook
Twitter
WhatsApp

सेतोपाटीले गएको शुक्रबार लेखेको एउटा समाचार २४ घन्टाभित्र हटाउन र स्पष्टीकरण दिन निर्वाचन आयोगले इमेलमार्फत् भनेको छ।

बिज्ञापन

सेतोपाटीले शुक्रबार ‘अग्नी खरेलका छोरा निशान अमेरिकी सेनामा, नेपाली नागरिकता पनि कायमै’ भन्ने समाचार छापेको र सो समाचार आयोगले ‘निर्वाचनमा उम्मेदवार भएका व्यक्ति तथा उनका परिवारको चरित्रहत्या भएको र व्यक्तिगत लाञ्छना लगाउने गरी समाचार प्रकाशन भएको देखिएको’ भन्दै २४ घन्टाभित्र समाचार हटाई स्पष्टीकरण दिन शनिबार दिउँसो पत्र काटेको हो।

आयोगले काटेको स्पष्टीकरणको पत्र सेतोपाटी कार्यालय आइपुगेको छैन। पत्र प्राप्त भएपछि सेतोपाटीले त्यसको कानुनी उपचार खोज्न सिधै अदालत जाने वा आयोगलाई स्पष्टीकरण दिने भन्नेबारे निर्णय गर्नेछ ।

बिज्ञापन

आफ्नो सरोकार नभएको विषयमा संवैधानिक आयोगका सीमा र मर्यादा नाघेर आयोगले समाचार हटाउन निर्देशन दिएको सेतोपाटीको धारणा रहेको भन्दै सेतोपाटी ले समाचार लेखेको छ : लिंक :

बिज्ञापन

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0