कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

हतारमा फोहोर व्यवस्थापनको विकल्प खोज्दैनौँ’:बालेन शाह

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनसहितका काम विस्तारै गर्दै जाने बताएका छन्। पोखरामा भएको महानगरका मेयर-उपमेयरको सम्मेलनलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्। 

बिज्ञापन

शाहले यो महानगरमा वर्ष १२ अर्बजति राजस्व संकलन हुने बताउँदै काठमाडौंले भोगेको समस्या र अरुको समस्या फरक रहेको उल्लेख गरे।काठमाडौंबाट सिक्ने कुरा धेरै छन्।

साना साना कुराहरु छन् ती समस्या अरु नगरले पनि भोग्नुपर्ने हुन्छ’, उनले भने, ‘पानी, फोहोर र पब्लिक ट्रान्सपोटेसनको समस्या छ यहाँ।मेलम्चीको पानी खानुपर्ने होइन काठमाडौं उपत्यकाले? तर हामीले ढुंगेधारा र हिटीबाट पानी खाइरहेको सहर बिगार्यौँ।

बिज्ञापन
No data was found

सिमेन्ट प्रयोगले काठमाडौं बिग्रियो। गिटी हाल्ने र नदी नाला मास्ने काम भएको छ।’शाहले कम्तीमा आठनाभन्दा तल घर बनाउनै नदिएको भए काठमाडौंमा पानी रिचार्ज सम्भव हुने बताए। 

बिज्ञापन
No data was found

‘मिनिमम आठाना भन्दा तल घर बनाउन नदिएको भए पानी रिचार्ज गर्न सकिन्यो। तर पनि हामी पानी रिचार्जलाई हामी बढाउँछौँ’, उनले भने, ‘ढल निर्माण भइरहेको छ। तर त्यही ढलमा वर्षाको पानी मिसाउनु हुँदैनथ्यो। पानी पनि ढलमै हालिदिँदा रिचार्ज हुनै पाएन।’

उनले फोहोर व्यवस्थापन पनि हतारमा नगर्ने बताए। ‘हामीले मलका रुपमा फोहोरलाई व्यवस्थापन गर्न सक्थ्यौँ। नेपालले मलमा पनि आत्मनिर्भर हुनुपर्छ’, उनले भने, ‘हामीले अहिले फोहोर व्यवस्थापनमा हतार गरेका छैनौँ। फोहोर व्यवस्थापनमा हतार गर्दैनौँ। अहिलेसम्म फोहोर किन व्यवस्थापन नभएको भन्ने कुरा छ। तर हामी यसलाई दीर्घकालीन योजनासहित मिलाउँछौँ।’

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0