कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

हाइवे मिडिया प्रा.लि.ले लम्कीमा भदौ ३० देखि महोत्सव गर्दै

लम्की : कैलाली को लम्किचुहा २ मोतिपुर मा रहेको हाइवे मिडिया प्रा. लि. ले यो बर्ष लम्की मा भदौ ३० गते देखि लम्की सांगितीक महोत्सव २०७९ संचालन गर्ने भएको छ ।

बिज्ञापन

बौनियामा रहेको सहारा घर र हाईबे मिडिया प्रा.लि. द्धारा सञ्चालित लम्की एफ.एम. ९२.१ मेघाहर्जको स्थर उन्नतिको लागि महोत्सव गर्न लागिएको बताउदै महोत्सव मुल समिति संयोजक दिपक सुनारले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो ।

महोत्सवमा यस क्षेत्रका सांस्कृति भेषभूषा झल्कीने स्थानिय कलासंस्कृतिको पर्दशन गरिनुका साथै ब्यापारीक, ब्यावसायिक र कृर्षि स्टल समेत रहने आयोजकले जनाएको छ । महोत्सव अवधिभर स्थानिय तथा राष्ट्रिय कलाकारको समेत प्रस्तुति रहने आयोजक समितिको भनाइ छ ।

बिज्ञापन
No data was found

महोत्सवमा टिकट बिक्री बाट उठेको आम्दानी को ५% सहारा घरलाई दिइने र बचेको रकमले मात्र खर्च कटौती र लम्की एफ.एम.को विकासका साथै यस क्षेत्रको सामाजिक विकासमा सहयोग गर्ने लक्ष्य रहेको संयोजक सुनारले बताउनुभयो ।

बिज्ञापन
No data was found

१० दिन सम्म सञ्चालन गरीने महोत्सबमा २५ लाख बराबर खर्च रहने अनुमान गरिएको छ । महोत्सव मा मुख्य प्रयोजनका लागि ३ लाख र सह प्रयोजक को लागि १ लाख मा सहभागीहुन पाइने साथै होटल को लागि स्टल मा २० हजार रहेको आयोजकले बताएको हो।

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0