कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

हावाको माध्यमवाट फैलदैछ ओमिक्रोन

 यो अध्ययन हङकङको क्वारेन्टाइन होटलको सीसीटीभी फुटेजमा आधारित छ। यो अध्ययन ‘इमर्जिङ इन्फेक्सियस डिजिज’ जर्नलमा प्रकाशित भएको छ । अध्ययनले हङकङको क्वारेन्टाइन होटलमा बसेका दुईजना यात्रुले होटलको करिडोरमा ओमिक्रोन भेरियन्ट फैलाएको पाइएको छ।

बिज्ञापन

विशेष कुरा के हो भने यी दुबै यात्रुले खोपको दुबै डोज लिएका थिए र होटलमा बस्दा पनि कसैको सम्पर्कमा आएका थिएनन् । यी दुई आ आफ्नो कोठाबाट बाहिर निस्किएनन् र भेट्न पनि आएनन् । उनको कोठाको ढोका खाना लिन वा कोभिड परीक्षणका लागि मात्र खुल्ने गर्दथ्यो ।

यति हुँदाहुँदै पनि उनीहरु संक्रमित भए र होटलका अन्य भागमा पनि संक्रमण फैलाए । यही कारणले गर्दा यो भेरियन्ट हावाको माध्यमवाद पनि फैलन सक्ने आशंका गरिएको छ ।

बिज्ञापन

केही दिन अघि, दक्षिण अफ्रिकाका वैज्ञानिकहरूले ओमिक्रोन भेरियन्टमा प्राकृतिक प्रतिरक्षाबाट बच्ने क्षमता रहेको बताएका थिए। कोरोनाको यो भेरियन्ट पहिलो पटक दक्षिण अफ्रिकामा फेला परेको थियो ।

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0