कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

हिजोको दिनबाट सिकेर नयाँ ढंगले चलेर जनताको राष्ट्रपति बन्नु पर्ने :गगन थापा

Facebook
Twitter
WhatsApp

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपतिलाई राजाको भद्धा नक्कल गराएका कारण राष्ट्रपति संस्था विवादमा परेको र यसमा दलहरुको पनि दोष रहेको बताएका छन् ।

बिज्ञापन

बागमति प्रदेशका सांसदहरुका लागि काठमाडौंमा भएको अभिमुखिकरण कार्यक्रमलाई संबोधन गर्दै थापाले राष्ट्रपतिले हिँड्दा खेरी पनि हिजोको राजाजस्तो हिँडेको मिल्यो कि मिलेन, दर्शन गरेको मिल्यो कि मिलेन भनेर राजाको भद्धा नक्कल गरिएको बताए ।

अहिले राष्ट्रपति घरबाट निस्किनुभयो भने नागरिकको भागाभाग हुन्छ, त्राहीमाम हुन्छ, राष्ट्रपतिलाई मात्र दोष दिएर मात्र हुन्न यो, हाम्रो पनि कमजोरी छ’, उनले भने, ‘हामीले सवारी चल्ने राष्ट्रपति खोजेको होइन, भूजा ज्युनार गर्ने राष्ट्रपति खोजेको होइन, हामीले त जनताको राष्ट्रपति खोजेको हो, त्यो महसुस गराउने हो नि ।’

बिज्ञापन

अब आउने राष्ट्रपतिले हिजोको दिनबाट सिकेर नयाँ ढंगले चलेर जनताको राष्ट्रपति बन्नु पर्ने उनले बताए ।

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0