कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

होटल मालिकले गरे ग्राहकको हत्या

सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमा एक होटल सञ्चालकले ग्राहकको हत्या गरेको छन् ।

बिज्ञापन

वीरेन्द्रनगर–६ शनिहल लाइनमा रहेको मामा भाञ्जा होटलका सञ्चालक देवीप्रसाद ढकालले कालीकोट तिलागुफा नगरपालिका–११ का रतन शाहीको हत्या गरेका हुन् । सोही होटलमै बसेर अध्ययन गर्दै आएका ३२ वर्षिय शाहीको शुक्रबार साँझ सात बजेतिर बञ्चरोले हत्या गरेर ढकाल फरार भएका थिए । प्रहरीले ढकाललाई वीरेन्द्रगरकै गणेशचौकबाट पक्राउ गरेको छ ।

अत्यधिक मादक पदार्थ सेवन गरेका ढकालले शाहीको किन हत्या गर्ने भन्ने बारे केही नखुलेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी मोहन आचार्यले जानकारी दिए । उनले यस विषयमा अनुसन्धान थालिएको बताए । यो घटनासंगै सुर्खेतमा पछिल्लो दुई हप्तामा तीन जनाको हत्या भएको छ ।

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0