कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१० दिन बन्द भएको चन्द्रनगर गाउँपालिका आजदेखि खुल्दै

सर्लाही – सर्लाहीको चन्द्रनगर गाउँपालिकाको कार्यालय १० दिनपछि खुलेको छ ।

बिज्ञापन

सदरमुकाम मलङ्गवास्थित जिल्ला प्रशासन कार्यालयमा हिजो भएको छलफलमा आन्दोलनका सबै कार्यक्रम स्थगित गरेर गाउँपालिकाको कामकाज सूचारु गर्ने सहमति भएको थियो । त्यस अनुसार गएसाँझबाटै गाउँपालिकाको मुल गेटमा जारी धर्ना रोकिएको छ भने ताला पनि खुलेको छ ।

आजदेखि नियमित कामकाज सूचारु हुने गाउँपालिका कार्यालयले जनाएको छ । चन्द्रनगरस्थित नाढीताल परिसरमा रहेको गाउँपालिकाको केन्द्र वडा नं. २ बबरगञ्जमा सार्न खोजिएपछि स्थानीय वासिन्दा, वडा नं. ४ का केही तथा वडा नं. ६ र ७ का सम्पूर्ण जनप्रतिनिधि र नेपाली काँग्रेसका नेता कार्यकर्ता फागुन २१ गते सुक्रवारदेखि गाउँपालिकामा तालाबन्दी गरेर मूलगेटमा धर्नामा बसेका थिए ।

बिज्ञापन
No data was found

हिजोकोे छलफलमा तत्कालका लागि गाउँपालिका कार्यालय चन्द्रनगरमै रहने दिने, आन्दोलित पक्षले आन्दोलनका सबै कार्यक्रम स्थगित गर्नेलगायतका सहमति भएको छलफलमा सहभागी नेपाली काँग्रेसका पूर्व पार्टी जिल्ला सभापति सत्यदेवसिंह दनुवारले जानकारी दिए । छलफलमा गाउँपालिका अध्यक्ष महेन्द्र महतो, अन्य जनप्रतिनिधि, चन्द्रनगरमा क्रियाशील राजनीतिक दलका प्रतिनिधि, सुरक्षा अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

बिज्ञापन
No data was found

जिल्लाको दक्षिण–पूर्वी भेगमा पर्ने चन्द्रनगर गाउँपालिकाको केन्द्र सार्न फागुन २२ गते विशेष गाउँ सभा बसेको थियो तर सभामा गाउँपालिकाको केन्द्र सार्न आवश्यक पर्ने दुईतिहाई बहुमत पुग्न सकेको थिएन् ।
स्रोत – उज्यालो अभियान

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0