कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१० हजार फिटमाथि आकाशमा इन्टरनेट दिनेमा दक्षिण एसियाको तेस्रो देश नेपाल

Facebook
Twitter
WhatsApp

१० हजार फिटमाथि उड्ने विदेशी विमानमा यात्रा गर्ने यात्रुलाई इन्टरनेट सेवा उपलब्ध गराउन सक्ने गरी प्राधिकरण बोर्डले हालै स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।गत चैत ९ गेत बसेको प्राधिकरण बोर्डकाे बैठकले यो विषयमा निर्णय गरेको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले बताएका छन् ।

बिज्ञापन

पौडेलका अनुसार प्राधिकरण बोर्डले हवाई जहाजभित्र प्रयोग हुने ईन-फ्लाईट टेलिकम्युनिकेसन सर्भिसका लागि निवेदन दिने कम्पनीहरुलाई स्वीकृति पत्र दिने निर्णय गरेको छ । यदि कुनै कम्पनीले त्यसरी सेवा दिन इच्छुक रहेकाे निवेदन दिएमा नो अब्जेक्सन लेटर (एनओसी) उपलब्ध गराउने निर्णय भएकाे उनले बताए ।

योसँगै नेपाल दक्षिण एसियामा १० हजार फिटमाथि जहाजमा दूरसञ्चार सेवा उपलब्ध गराउने तेस्रो देश भएको छ । हाल अफगानिस्तान र भारतमा पनि यस्तो सेवा सञ्चालनमा छ ।

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0