कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१४ बर्षीय अविवाहित बालिकाले जन्माइन शिशु, शिक्षक र बैकं मेनेजर घेरामा

कञ्चनपुरको बेलौरीमा १४ वर्षीया अविवाहित बालिकाले शिशु जन्माएकी छन् । बेलौरी नगरपालिका – ८ बालिकाले माघ ३ गते घरमै शिशु(छोरा) लाई जन्म दिएकी हुन ।

बिज्ञापन

ति बालिकाले जन्माएका शिशुको वुवा को हो भन्ने नखुलेको इलाका प्रहरी कार्यालय वेलौरीले जनाएको छ । नेपाली कानुन अनुसार १८ बर्ष नपुग्दै भएको यौन सम्बन्धलाई बलात्कार भएको मानिन्छ । जसका कारण उक्त घटना अपराधिक भएको भन्दै प्रहरीमा उजुरी परेको छ । बालिकाले जन्म दिएको शिशु कसको हो भन्ने कुरा खुलेको छैन । बेलौरीकै एक जना शिक्षक, एक बैँकका म्यानेजर र एक अर्का स्थानीय व्यापारीको नाम पनि बालिकासँग जोडिएको छ तर प्रहरीले भारतीय नागरिकविरुद्ध किटानी जाहेरी दर्ता गरिएको जनाएपनि अझै पुष्टि हुन नसकेको जनाएको छ ।

इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक दानसिंह भण्डारीले भारतको बरेलीका दयाराम गुप्ताविरुद्ध परिवारले किटानी जाहेरी दिएको बताए । प्रहरीका अनुसार ती भारतीय नागरिक नातामा बालिकाका भिनाजु पर्छन् । गत बैशाखमा विवाह गर्ने भन्दै भारत भगाएर लैजाने क्रममा सीमा क्षेत्रबाट बालिकाको उद्दार गरिएको प्रहरीको भनाइ छ ।

बिज्ञापन
No data was found
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0