कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१८ अङ्कभन्दा धेरैले घट्यो शेयर बजार

यर बजार आज बिहीवार १८ अङ्कभन्दा धेरैले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १८ दशमलव ३० अङ्कले घटेर दुई हजार ३९ दशमलव ५४ विन्दुमा झरेको छ ।

बिज्ञापन

आज सबै समूहको शेयर घटेर बजार राताम्मे भएकोमा जलविद्युत्, विकास बैंक, उत्पादन र बीमा समूहको शेयर उच्च अङ्कले घटेको छ ।

नेप्से सूचक दोहोरो अङ्कले घटेको दिन दुई सय १९ वटा कम्पनीको ४२ लाख ३४ हजार कित्ता शेयर एक अर्ब ७१ करोड ७४ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनीको ११ करोड २४ लाख रुपैयाँ र रिडी हाइड्रोपावरको नौ करोड ४१ रुपैयाँको शेयर किनबेच भयो ।

बिज्ञापन
No data was found

आज मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर झन्डै ६ प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे भए पनि अपर हेवाखोला जलविद्युतको शेयर १० प्रतिशत र रुरु हाइड्रोको शेयर झन्डै नौ प्रतिशतले बढेको छ । 

बिज्ञापन
No data was found
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0