कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

२९ औ पटक असफल भएका कैलाली का भागीराम ३० औं पटकमा एसईई भए उत्तीर्ण

Facebook
Twitter
WhatsApp

 कैलालीका भागिराम चौधरीले ३० औं पटकमा एसईई उत्तीर्ण भएका छन्। उमेरले ५३ वर्षीय चौधरीले ३० औं पटकमा यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका छन् ।

बिज्ञापन

सायद उनको यो निरन्तरताको पढाई, मेहनत र दृढ आत्मविश्वासले सफलताले नै होला चौधरी एसईई उत्तीर्ण भएको। २९ पटकसम्म परीक्षामा असफल चौधरी यो वर्ष २ जीपीए ल्याएर अन्ततः उत्तीर्ण भएका छन्।

कैलारी गाउँपालिका–६ को गदरियास्थित जनता माध्यमिक विद्यालयबाट उहाँले एसईई उत्तीर्ण गर्नुभएको विद्यालयका शिक्षक यामु शर्माले जानकारी दिएका छन्। २०५२ सालबाट चौधरी सोही विद्यालयमा कार्यालय सहयोगीको रुपमा कार्यरत छन्।

बिज्ञापन

चौधरीले कक्षा ११ र १२ जनता माध्यमिक विद्यालयमै पढ्ने बताएका छन्। यसवर्ष एसईई पास भएपछि धेरै खुशी भएको छु’, उनले भने,‘अब कक्षा ११ र १२ पढ्छु। कैलारी गाउँपालिका–६ बनकट्टा गाउँका चौधरीले २०४८ सालमा पहिलो पटक एसएलसी दिएका थिए।

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0