कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१८ आश्विन २०८०, बिहीबार

२ जनाको मृत्यु ,सेती अस्पतालमा भएको परीक्षणमा थप ५१ जनामा कोरोना पुस्टि

Facebook
Twitter
WhatsApp

 शुक्रबार सेती प्रादेशिक अस्पतालमा थप ५१ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ। पछिल्लो २४ घण्टामा अस्पतालमा ६५७ जनाको नमुना परीक्षण गर्दा थप ५१ जनामा संक्रमण पुस्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए।

बिज्ञापन

जसमध्ये ५ पुरुष र १ महिला गरी ६ जना धनगढी उपमहानगरपालिकाका रहेका छन्। यस्तै धनगढी बाहेक कैलालीका ४२ जना र अन्य जिल्लाका ३ जनामा संक्रमण पुस्टि भएको छ।

पछिल्लो २४ घण्टामा अस्पतालबाट १० जना निको भएर घर फर्केका छन् भने थप ८ जना नयाँ संक्रमित भर्ना भएका छन्।हाल अस्पतालमा ४८ जना संक्रमित उपचाररत छन्। १४ जना आईसीयूमा, ३ जना भेन्टिलेटर र ३२ जना अक्सिजन सपोर्टमा उपचाररत रहेको रहेको सूचना अधिकारी श्रेष्ठले बताए।

बिज्ञापन

यस्तै पछिल्लो २४ घण्टामा अस्पतालमा उपचाररत २ जना संक्रमितले ज्यान गुमाएका छन्। कैलालीको गोदावरी नगरपालिका–९ का ५० वर्षीय पुरुष र घोडाघोडी नगरपालिका–१ का ५७ वर्षीय पुरुषको मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले बताए। 
 

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0