कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

३ महिनामा विपदका घटनाबाट १२१ जनाको मृत्यु

पछिल्लो तीन महिनामा बाढी, पहिरो, चट्याङ, आगलाजीजस्ता विपदका कारण १२१ जनाको मृत्यु भएको छ ।राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन केन्द्रको तथ्यांक अनुसार १ वैशाखदेखि ३२ असारसम्म विपदका घटनाबाट १२१ जनाको मृत्यु भएको हो ।

बिज्ञापन


यो तीन महिनाको अवधिमा चट्याङका कारण सबैभन्दा धेरै ५० जनाको मृत्यु भएको छ । त्यस्तै आगलागीबाट १९, पहिरोबाट १७ र जनावर आतंकबाट १२ जनाको मृत्यु भएको केन्द्रको तथ्यांक छ ।
विपदका घटनाका कारण २ जना बेपत्ता भएका छन् भने २९९ जना घाइते भएका छन् ।

विपदमा परी एक हजार ४०३ परिवार प्रभावित भएका छन । ६८ करोड ५२ लाख ४४ हजार ३६० जनाको मृत्यु भएको अनुमान गरिएको केन्द्रको तथ्यांक छ ।
केन्द्रले विपदका घटनामा बाढी पहिरो, भारी वर्षा, चट्याङ, सर्पदंश, आगलागी, हावाहुरी, जनावर आतंक आदिलाई राखेको छ ।

बिज्ञापन
No data was found
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0