कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

५८ वर्षमा राजेश हमालले काटे १८ औं जन्मदिन लेखिएको केक

अभिनेता राजेश हमाल अभिनित म्युजिक भिडियो  ‘गुन्द्रुक तिउन’ सार्वजनिक गरिएको छ । हमालको ५८ औं जन्मदिनको अवसर पारेर बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको हो । जसको सार्वजनिक हमालले नै गरेका थिए ।

बिज्ञापन

सुराली रेष्टुरेन्टमा आयोजित एक कार्यक्रममा म्युजिक भिडियो टिमको तर्फबाट हमालको जन्मदिनको केक समेत काटिएको थियो । जसमा हमालको १८ औं जन्मदिन भनेर लेखिएको थियो ।

‘म जब १८ बर्ष पुगेको थिएँ, त्यो समयदेखि उमेर गन्न छाडिदिएँ । त्यसैले केकमा १८ वर्ष लेखिएको होला’ केकमा लेखिएको १८ वर्षको बिषयमा हमालले सबैको जिज्ञासा मेटाए ।

बिज्ञापन
No data was found

राजु परियार र करुणा राईको स्वर रहेको सार्वजनिक गीतमा शब्द र संगीत गोविन्द पराजुलीको छ । यस्तै गीतको भिडियोमा अभिनेता हमालसँगै गायिका करुणा आफैले अभिनय गरेकी छिन् । भिडियोको निर्देशन देवेन्द्र पाण्डेले गरेका हुन् । 

बिज्ञापन
No data was found

गायिका करुणाले सानैदेखि राजेशसँग अभिनय गर्ने चाहाना भिडियोले पुरा गरेको बताइन् । ‘मैले कहिल्यै सोचेकी पनि थिइन्, कि राजेश दाइसँग यसरी भिडियोमा काम गर्न पाउँछु । यो मेरो लागि ठूलो अवसर हो ।’

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0