कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

६० वर्ष लामो आरोह-अवरोहपछि राष्ट्रपति बनेका रामचन्द्र

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएका छन्। ७८ वर्षका पौडेल बिहीबार भएको चुनावबाट नेपालको तेस्रो राष्ट्रपति निर्वाचित भएका हुन्। 

बिज्ञापन

कलिलै उमेरमा २०१७ सालमा राजनीतिमा लागेका रामचन्द्र ६ दशक लामो राजनीतिपछि मुलुकको सर्वोच्च पदमा पुगेका हुन्। 

उनी गत मंसिर ४ मा भएको निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए। पौडेल राष्ट्रपति निर्वाचित भएसँगै उनले सक्रिय राजनीतिबाट बिदा लिनुपर्नेछ र उनको क्षेत्रमा ६ महिनाभित्र  उपनिर्वाचन हुनेछ।

बिज्ञापन

पौडेलले एक पटक कार्यकारी (प्रधानमन्त्री) नै बनेर देश चलाउन चाहेको बताइरहेका थिए तर तत्काल सम्भव हुने नदेखेपछि उनी राष्ट्रपतितर्फ मोडिएका हुन्।

बिज्ञापन

गत फागुन १२ गते कांग्रेस, नेकपा (माओवादी केन्द्र), जसपा, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी, लोसपा, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाले राष्ट्रपतिमा कांग्रेसलाई सहयोग गर्ने निर्णय गरेका थिए। जुन बेलासम्म कांग्रेसले उम्मेदवार तय गरेको थिएन। अरू ७ दलको समर्थन जुटाएको भोलिपल्ट (फागुन १३ गते) कांग्रेसले सर्वसम्मत रूपमा पौडेललाई राष्ट्रपति उम्मेदवार बनाएको थियो।

त्यसबेला सभापति देउवाले केन्द्रीय कार्यसम्पादन समिति बैठकमा भनेका थिए, ‘साथीहरू, राष्ट्रपति उम्मेदवारमा रामचन्द्र पौडेललाई प्रस्ताव गर्दछु। धेरै वर्षदेखि दु:ख गरें, केही पाइनँ भन्ने गुनासो सधैं गर्नुहुन्छ रामचन्द्रजी, यसपालि उहाँलाई नै समर्थन गरौं।’

कांग्रेसका अरू नेताले ताली बजाए, पौडेल उम्मेदवार बने।

पौडेलको विगत संघर्षपूर्ण छ। उनले राजनीतिमा जति अवसर पाए, त्यति नै हन्डर पनि खाएका छन्। सुशील कोइरालाको निधनपछि उनी छोटो समय कांग्रेस कार्यवाहक सभापति भए, उनकै नेतृत्वमा १३ औं महाधिवेशन भयो तर पौडेल सभापति पदमा देउवासँग हारे।

देउवाले कांग्रेसलाई सही ढंगले चलाउन नसक्ने भएकाले उनलाई फेरि सभापति बनाउनु हुन्न भनेर १३ औं महाधिवेशनपछि पौडेलले निरन्तर बोले। कांग्रेसमा देउवाविरोधी पक्षको नेतृत्व गरे। तर १४ औं महाधिवेशनमा संस्थापनइतर समूहबाट उनी सर्वसम्मत उम्मेदवार हुने अवस्था भएन। पौडेलले आफूलाई सर्वसम्मत उम्मेदवार भने। अरू नेतालाई उम्मेदवार मान्न उनी तयार भएनन्। आफ्नो समूहबाट अर्को उम्मेदवारलाई समर्थन गरेर देउवालाई हराउनुभन्दा पौडेलले मौन बसेर उनैलाई सहयोग गरेको आरोप लाग्यो।

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0