कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

७५ प्रतिशत भन्दा बढी करार कर्मचारीले चल्दै मोहन्याल गाउँपालिका

कैलाली : कैलाली को मोहन्याल गा.पा.मा कार्यरत कर्मचारीहरुमा स्थायी भन्दा अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरुको बाहुल्यता धेरै छ | गा.पा.का विभिन्न शाखा देखी वार्ड कार्यालय सम्म करार कर्मचारी ले भरिभराऊ भएको एकजना अस्थायी कर्मचारीले नै भनुभयो |

बिज्ञापन

२०७४ साल को स्थानीय सरकार आइसकेपछी आवस्यकता अनुसार कर्मचारीको लोकसेवामा माग गरि स्थायी दरबन्दी ल्याउनुपर्नेमा उहिलेका जनप्रतिनिधिले यसोनगरी करार कर्मचारी भर्ति गरेपछि अहिले उक्त कर्मचारी पाल्नसमेत धौधौ परेको गा.पा.का का.वा.अध्यक्ष् कमल साउद ले बताउनुभयो |

गा.पा.मा कार्यरत अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरुको हकहित मंचले पालिकाको पितमारी मा परिचयात्मक तथा भेटघाट कार्यक्रमलाई सम्बोदन गर्दै पालिका का.वा. अध्यक्षले हामीहरु कर्मचारी को तलब वृद्धिगर्न अहिलेनै सकिहाल्ने अवस्था नरहेको समेत भन्नुभएको थियो |

बिज्ञापन

भौगोलिक विकटता र बत्ति, पानि, इन्टरनेट, सडक आदिको असुविधाले गर्दा समेत आएका कर्मचारी पनि धेरै समय नबस्ने र सरुवा लग्ने गरेको करार कर्मचारीको भनाइ छ | स्थायीले भन्दा अस्थायी ले पालिका चलेको हुदा हाम्रो तलब सरकारी नियम अनुरुप रहनुपर्ने कर्मचारीहरुको माग रहेको छ |

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0