कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

८ औं बर्ष पुग्दा पनि अझै मर्मत भएन अम्मरपुरको सडक खण्ड: हिलोको सास्ती उस्तै !

बर्षा सुरु भएसंगै कैलालीको लम्किचुहा नगरपालिका ४ अम्मपुर सडक खण्डको अवस्था अत्यन्त दयनीय हुन थालेको छ ।

बिज्ञापन

बर्सादले गर्दा सडकमा परेका खाल्डा खुल्डीले मानिस देखी यातायातका साधनहरूलाई आवत जावतमा समस्या भएको छ । अम्मपुर सडक खण्डको समयमा स्तर उन्नति नहुँदा हरेक वर्ष वर्षा याममा आवत जावत गर्ने मानिसहरूले दुख पाउने गरेको छन् ।

सडकको दुरवस्थाका कारण आवत जावतमा धेरै नै कठिनाइ रहेको स्थानीयवासीहरु बत्ताउँछन् । अम्मरपुर सडकमा साना ठुला खाल्डाखुल्डी परेका छन् । बर्खा याममा सडक हिलाम्य हुँदा हिँडडुल गर्न निकै नै समस्या भइरहेको लम्की चुहा नगरपालिका ४ का स्थानियले बताए ।

बिज्ञापन
No data was found

हिलो र खाल्डाखुल्डीका कारण यो सडकमा हिँड्नै डर लाग्छ’, उनिहरुले भने–‘दिउँसो त जसोतसो हिँडडुल गरे पनि राति हिँड्न धेरै खतरा छ ।’ मिलनचोक सडकसम्म गएर जोडिने उक्त सडक ग्रामीण क्षेत्रको मेरुदण्डकै रुपमा रहेको छ ।

बिज्ञापन
No data was found

चल्तीको सडक दयनीय अवस्थामा पुगेपछि ठुलो दुर्घटनाको जोखिम बढेको स्थानीयहरू बत्ताउँछन् । सडकमा साना ठुला खाल्डाखुल्डी परेको हुँदा ट्याक्टर, मोटरसाइकल, साइकल, ट्रक समेत हिँड्ने गरेकाले ठुलो दुर्घटनाको पनि जोखिम बढेको छ ।

लम्किचुहा नगरपालिका भित्र क्षेत्रमा सडकको स्तर उन्नति भई सकेको छ भने लम्किचुहा नगरपालिका ४ अम्मपुरमा पर्ने सडक खण्डको स्तर उन्नति हुन सकेको छैन । हरेक वर्ष वर्षायामा मात्र आफ्नो सिमाना भित्र ग्राभेल गर्ने गरेको छ । तर यो वर्ष पनि नगरपालिकाले अम्मपुर खण्डमा ग्राभेल काम भने ८ औं बर्ष पुग्दा पनि जस्ता को त्यस्तै छ ।

२ नम्मर वडा अम्मरपुर जोडिएको छ । तर अम्मपुर को सडक आधा २ नम्मर पर्छ भने आधा ४ नम्मर पर्छ । २ नम्मर सडक खण्ड पिज हुन लागि सक्दा पनि अहिले सम्म अम्मपुर को बाटो हालत जस्ता को त्यस्तै दुख खप्नु परेको स्थानीय को गुनासो छ ।

आफ्नो पहुच पुग्ने ठाउमा पिज हुन्छ ग्राबिल पिट हुन्छ तर अम्मपुर को सडक खण्ड भने ८ औं बर्ष पुगि सक्दा पनि जस्ता को त्यस्तै, जति पटक लम्की चुहा नगरपालिका लाई निवेदन दिदा पनि कुनै प्रकार को सुनुवाइ नभएको स्थानीयवासीको गुनासो रहेको छ |

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1