कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

९ करोड लगानीमा सिनेमा हल खोल्दै

‘दीपक हामी एउटा हल खोलौँ,’ फिल्म निर्देशक दीपाश्री निरौलाले दुई वर्षअघि दीपकराज गिरीलाई प्रस्ताव गरेकी थिइन्। 

बिज्ञापन

‘यही पेसामा लामो समयदेखि साधना ग¥यौँ, नेपाली फिल्मलाई प्राथमिकता दिनेगरी हामी सुरु गरौँ न,’ उनले भनेकी थिइन्। 

तर दीपक धरमर थिए। ‘सकिन्छ र?’ भन्ने डर थियो उनमा। 

बिज्ञापन

‘हामी सक्छौँ र? त्यति लगानी गर्ने सामर्थ्य पनि छैन। त्यति कमाएका पनि छैनौँ,’ दीपकले आनाकानी गरे।

बिज्ञापन

दीपामा त्यो हुटहुटी भने कायम नै रह्यो। ‘तीतो सत्य’ सफल भएपछि पहिलो पटक ६ एकान ६ निर्माण गरेदेखि नै उनलाई लागेको थियो– हाम्रो नि एउटा हल त भइदिए हुने!’

छलफल गर्दै जाँदा दीपक पनि सकारात्मक भए। तर, लगानी गर्न चाहिने पैसा थिएन। उनीहरूले बैंकसँग बुझे। ऋण पाइने रहेछ। उनीहरूसहित छक्कापञ्जा टिमले हल सञ्चालनको विषयमा रुचि देखायो।

कहाँ खोल्ने हल? उनीहरू ठाउँ बुझ्नतर्फ लागे।

‘बानेश्वरस्थित शंखमूल रोडमा भवन भेट्यौँ। भवनका मालिकसँग सहमति भएपछि हाम्रो सपनाले एउटा स्वरुप लियो,’ दीपा भन्छिन्।

सो सपना पुरा गर्दै ९ करोड लगानीमा अब दीपक–दीपाले मल्टिप्लेक्स सञ्चालनमा ल्याउने भएका छन्। 

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0