रुपन्देहीमा भएको यात्रुबाहक बस दुर्घटनामा ९ जनाको मृत्यु भएको छ।
दुर्घटनामा २४ जना घाइते भएका छन्। घाइतेमध्ये १६ जनाको अवस्था गम्भीर रहेको रुपन्देही प्रहर प्रवक्ता डlएसपी नवरत्न पौडेलले जानकारी दिए। यस्तै ९ जनाको अवस्था भने मध्यम रहेको उनले बताए।
![](https://diamondonlinevision.com/wp-content/uploads/2021/08/ads-for-khali-bigyapan.gif)
जनकपुरबाट भैरहवा आउँदै गरेको लु २ ख ३८४१ नम्बरको यात्रुबाहक बस आइतबार बिहान ४:२० बजे भैरहवा–परासी सडकखण्डअन्तर्गत रोहिणी गाउँपालिका–३ र ओमसतिया गाउँपालिका–४ को सीमानास्थित पुलबाट रोहिणी नदीमा खसेको थियो। बसमा सवार ३३ जनामध्ये २५ जना पुरुष, ६ महिला र दुई बालिका थिए।
दुर्घटनामा घाइतेहरुको प्रहरीले उद्धार गरेर भैरहवास्थित भीम अस्पताल, र युनिभर्सल मेडिकल कलेजमा उपचारका लागि ल्याएको छ। भीम अस्पतालमा ल्याइएका १३ जना घाइतेमध्ये एक महिला र तीन पुरुषको मृत्यु भएको अस्पताललले जनाएको छ। यस्तै, मेडिकल कलेजमा पुर्याइएका २० जना घाइतेमध्ये ५ जना पुरुषको मृत्यु भएको छ। अन्यको उपचार जारी छ।