कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

मोटरसाइकल दुर्घटना मा लम्कीचुहा का दुइजना घाइते

कैलालीमा मोटरसाइकल दुर्घटनामा दुई जना घाइते भएका छन्।

बिज्ञापन

प्रहरीका अनुसार सोमबार जानकी गाउँपालिका ३ सुवर्णपुरस्थित भित्रि सडकखण्डमा टीकापुरबाट उत्तरतर्फ गइरहेको बा प्र ०२०३५ प ६८६० नम्बरको मोटरसाइकल र सोही दिशाबाट गइरहेको पावर टिलर ठोक्किएको हो।

दुर्घटनामा मोटरसाइकल चालक लम्कीचुहा नगरपालिका १ का १८ वर्षीय विष्णु विक र मोटरसाइकलकै पछाडि सवार उनकी आमा ३५ वर्षीया ईशारा विक घाइते भएका प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

बिज्ञापन
No data was found

उनीहरु दुवै जनालाई टीकापुर अस्पतालमा सामान्य उपचारपछि नेपालगञ्ज रिफर गरिएको प्रहरीले बताएको छ।दुवै सवारी साधनसहित पावर टिलर चालक जानकी ८ का २९ वर्षीय लक्षुराम चौधरीलाई इलाका प्रहरी कार्यालय टीकापुरले नियन्त्रणमा लिएको बताइएको छ। 

बिज्ञापन
No data was found
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0