कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

पिठ्युँमा बसेर भैंसी कसरी चराउनुपर्छ मलाई थाहा छ : ओली

पर्सामा विभिन्न पार्टीबाट विजय भएका तीनजना उपप्रमुख नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले पर्साले मंगलबार वीरगन्जमा आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा यहाँको बहुदरमाई नगरपालिका, सखुवाप्रसौनी गाउँपालिका र धोबीनी गाउँपालिकाका उपप्रमुख एमालेमा प्रवेश गरेका हुन् ।नवप्रवेशीलाई एमाले अध्यक्ष केपी ओलीले अबिर तथा माला लगाएर स्वागत गरेका थिए । पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा अध्यक्ष ओलीले केही […]

नेपालमा अर्थतन्त्र सङ्कटग्रस्त, राष्ट्र बैंकको दियो यस्तो निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले गाडी लगायत विलासिताका वस्तुहरूको आयात रोक्न भन्दै प्रतितपत्र (एलसी) नखोल्न वाणिज्य बैंकहरूलाई निर्देशन दिएको छ । विदेशी मुद्रा सञ्चिती सकिँदै गएको र अर्थतन्त्र नै सङ्कटग्रस्त बन्दै जान थालेपछि राष्ट्र बैंकले सोमबार वाणिज्य बैंकका सिइओ तथा प्रतिनिधिहरूलाई बोलाएर छलफल गरेको हो । राष्ट्र बैंकको यो निर्देशनसँगै अत्यावश्यक वस्तु बाहेक अरू विलासी सामानहरूको […]

कैलालीका २ लाख ६५ हजार बालबालीकालाई टाइफाइडको खोप लगाइदै

कैलालीका २ लाख ६५ हजार बालबालीकालाई टाइफाइड रोग बिरुद्को खोप लगाइने भएको छ। कैलाली जिल्लाका १३  वटै स्थानीय तहका १५ महिना देखी १५ बर्षसम्मका २ लाख ६५ हजार बालबालीकालाई सो खोप लगाइने भएको हो। स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लाल बहादुर धामीका अनुसार १३ वटै स्थानिय तहमध्ये कतीपय पालीकामा चैत २३ गते र अभियानकै रुपमा कतीपय […]

धरहरा चढ्न अझै महिनौ कुर्नुपर्ने

धरहरा चढेर काठमाडौँ सहर नियाल्ने रहर पूरा गर्न नेपाली जनताले अझै नौ महिना कुर्नुपर्ने भएको छ। ऐतिहासिक धरहरा टावरको पुनर्निर्माण कार्य सकी उद्घाटन गरेको पनि एक वर्ष पुग्न लाग्दासम्म सर्वसाधारणले प्रयोग गर्न पाएका छैनन्। गत वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त टावरको उद्घाटन गरेका थिए। एक वर्षअघि उद्घाटन गरिएको भए पनि सर्वसाधारणले […]