कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

मोहन्यालका अध्यक्षसहित १० जनप्रतिनिधि विरुद्ध भ्रष्टाचारको मुद्दा

गैरकानूनी रुपमा राजस्व मिनाहा गरेको आरोपमा कैलालीको मोहन्याल गाँउपालिकाका कार्यबाहक अध्यक्षसहित १० जना जनप्रतिनिविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले गाँउपालिकाका दिवगंत अध्यक्ष नवल सिंह रावल, उपाध्यक्ष एवं कार्यबाहक अध्यक्ष पूजादेवी बुढामगर, वडाध्यक्षहरु देवीदत्ता उपाध्याय, नविन पुन मगर, खरप्रसाद अधिकारी, छविलाल हौजाली मगर, टेकबहादुर बोगटी, टिकाराम भण्डारी र […]

मोटरसाइकल र एम्बुलेन्स ठोक्किँदा एक जनाको मृत्यु : टिकापुर

कैलालीमा मोटरसाइकल र एम्बुलेन्स ठोक्किँदा एक जनाको मृत्यु भएको छ। कैलालीको टीकापुर नगरपालीका ४ मौरनीयास्थित खक्रौलाबाट टिकापुर तर्फ जाँदै गरेको से २ प २५८४ नम्बरको मोटरसाइकल र बिपरीत दिशा तर्फ जाँदै गरेको भे १ च २४०९ नम्बरको एम्बुलेन्स एक आपसमा ठोक्कीएका हुन्। मोटरसाइकल र एम्बुलेन्स ठोक्किँदा मोटरसाइकल पछाडि सवार जानकी गाउँपालिका-३ का ५० वर्षीय छोटेलाल […]

 भारत बाट भैरहवामा काम खोज्न आउँदा पक्राउ परे अर्जुन दासका हत्या आरोपित

कैलालीका अर्जुन दासको विभत्स हत्या गरेको आरोपमा चार जना पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखा टोलीले हत्या आरोपमा पक्राउ गरेका चार जनालाई शुक्रबार सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा दिलिप दास, मनोज भण्डारी, वमबहादुर बोहरा, सुमित साउद रहेका छन्। उनीहरू सबै १९ वर्षका हुन्। प्रहरीका अनुसार हत्या गरी उनीहरू भारत गएर लुकेर बसेका थिए। काम खोज्न भैरहवा आएका […]

KGF Chapter-२ को प्रदर्शनमा रातभर हाउसफुल

दर्शकमाझ बहुप्रतीक्षित फिल्म ‘केजीएफ च्याप्टर २’ बिहीबार प्रदर्शनमा आउनुअगावै लगभग सबै हलका सबै शो हाउसफुल थिए । गत शुक्रबार नै उक्त फिल्मका मनग्गे शो निकालिएका थिए । राजधानीको मुख्य मल्टिप्लेक्स च्यानल क्यूएफएक्सले अनलाइन शो निकालेको दुई घण्टा बित्न नपाउँदै हल भरिने गतिमा टिकट बिक्री भइसकेको थियो । देशभर क्यूएफएक्सका ११ मल्टिप्लेक्सले दक्षिण भारतीय फिल्मलाई ८७ शो दिएका थिए । […]

आज देखि देशभर नयाँ भर्ना अभियान शुरु हुँदै

सरकारले आज (शुक्रबार) देखि देशभर नयाँ भर्ना अभियान थाल्ने भएको छ। नयाँ भर्ना अभियान थाल्न स्थानीय तह र सबै विद्यालयलाई निर्देशन दिइसकिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ। विकास केन्द्रका प्रवक्ता डिल्ली लुइँटेलका अनुसार वैशाख २ देखि वैशाख ३१ गतेसम्म सामुदायिक तथा निजी विद्यालयहरूले नयाँ भर्ना लिनेछन्। यसका […]