कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

कैलालीमा मोटरसाइकलको ठक्करबाट साईकलयात्रीको मृत्यु

कैलालीमा मोटरसाइकलको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको छ । जिल्लाको टीकापुर नगरपालिका २ कोठारपुरमा से ६ प ३१८१ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकलयात्री सोही नगरपालिका २ विजयनगर शिविर बस्ने ७० वर्षीय भोकारी थारुको मृत्यु भएको हो । उनको शनिबार साँझ मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको टिकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । […]

सुदूरपश्चिममा डेंगु संक्रमितको संख्या ७ सय ७७ पुग्यो, देशभर २२ हजार माथी

लम्की : सुदूरपश्चिममा डेंगु संक्रमितको संख्या ७ सय ७७ पुगेको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अद्यावधिक विवरणअनुसार सुदूरपश्चिम प्रदेशमा डेंगु संक्रमितको संख्या ७ सय ७७ पुगेको हो। जस अनुसार  २०७९ साउनदेखि हालसम्म देशभर २२ हजार ९सय ८८ जनामा डेंगुको संक्रमण भएको छ। देशभर हालसम्म डेंगु संक्रमणबाट २९ जनाको मृत्यु भएको छ। प्रदेश […]