डडेल्धुरामा प्रधानमन्त्री देउवाको अग्रता कायमै

एक मात्रै निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुरुदेखि नै आफ्नो अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणााम अनुसार नेपाली कांग्रेसका उम्मेदवार रहेका देउवा ६ हजार ८८० मतका साथ अग्रता कायमै राखेका छन् । निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले ३ हजार ५०० मत पाएका छन्। त्यस्तै , नेपाली […]
कैलालीको क्षेत्र न ३ मा नागरिक उनमुक्तिको विजयी

कैलालीको निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरीको जीत सुनिश्चित भएको छ। गन्न बाँकी मत करीब पाँच हजार हुँदा अहिले नै प्रतिद्वन्द्वीसँगको मतान्तर पाँच हजारभन्दा बढी भएकाले उनको जित सुनिश्चित भएको हो। उनीसँग नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरी प्रतिस्पर्धा गरिरहेका छन्। त्यहाँ जम्मा ६१ हजार मत खसेको थियो।
घन्टीलाई अग्रता दिलाउने ८ उम्मेदवार

राष्ट्रिय स्वतन्त्र पार्टीले जारी मतगणनामा अहिलेसम्म ८ वटा निर्वाचन क्षेत्रमा अग्रता कायम गरेको छ। काठमाडौंका तीन र सुनसरीका दुई निर्वाचन क्षेत्रसहित ललितपुर, चितवन, कास्की, रूपन्देही, नवलपरासी, झापाका निर्वाचन क्षेत्रमा घन्टीका उम्मेदवारले अग्रता लिइरहेका छन्। काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोबिता गौतमले ३८५४ मतसहित अग्रता लिएकी छिन्। यस्तै, काठमाडौं ८ मा विराजभक्त श्रेष्ठ ६ हजार […]
दाङ-२ मा हस्ताक्षर नभएका ८८ मतपत्र भेटिए

दाङ क्षेत्र नम्बर २ को मतगणना गर्ने क्रममा निर्वाचन अधिकृतको हस्ताक्षर नभएका ८८ वटा मतपत्र भेटिएका छन् । यही विवादका कारण केहीबेर रोकिएको मतगणना अहिले भने जारी छ । हस्ताक्षर नभएका मतपत्रबारे जाँझबुझ गर्ने जिम्मा पाएका मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले निर्वाचन आयोगसँगको समन्वयमा ती मतपत्र बदर गर्ने निर्णय गरेको जानकारी दिए । साथै मतपत्रमा […]
दोस्रो स्थानमा रवि लामिछाने
चितवन क्षेत्र नम्बर २ मा मंगलबार बिहान साढे ६ बजेसम्म आइपुग्दा घन्टी चिह्न लिएर चुनाव लडिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने दोस्रो स्थानमा उक्लेका छन्। मतगणना सुरू भएदेखि लगातार तेस्रो स्थानमा रहँदै आएका लामिछाने नेपाली कांग्रेसका उमेश श्रेष्ठलाई उछिन्दै दोस्रो स्थानमा पुगेका हुन्। अहिलेसम्म ७०४१ मत गन्दा रवि लामिछानेले २२२७ मत ल्याएका छन् भने उमेश श्रेष्ठको मत २०३६ मत […]