दुई महिनामै भताभुंग भयो पुस १० को गठबन्धन, प्रधानमन्त्रीले फेरि विश्वासको मत लिनुपर्ने
गत पुस १० गते बनेको सात दलको गठबन्धन दुई महिनामै भताभुंग भएको छ। गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा (एमाले) ले सोमबार पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने निर्णय गरेसँगै पुस १० गते बनेको गठबन्धन टुंगिएको हो। यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले पुस १० को सहमति कायम रहेकाले फागुन २५ […]
प्रचण्ड नेतृत्वको सरकारका ८ मन्त्रालय खाली
राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीहरुले राजिनामा दिएसँगै पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा आठ मन्त्रालय रिक्त हुन पुगेको छ । प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार प्रधानमन्त्री प्रचण्डले गृहसहित वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सम्हाली रहेका छन् । यसैगरी, ऊर्जा, जलस्रोत तथा सिँचाई, सहरी विकास, […]