लम्कीचुहामा प्रा.वि तह दरखास्त शुल्क ४ हजार १ सय तोकेपछि..

कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ७ बामनपुरको राष्ट्रिय माध्यमिक विद्यालयले करार राहतको प्राथमिक शिक्षक भर्ना गर्न खोलेको विज्ञापनमा ४ हजार १ सय दरखास्त दस्तुर तोकेको हो । फागुन २९ गते प्रकाशित सूचनामा चैत ५ गतेसम्म योग्याता पुगेको उम्मेदवारले दरखास्त दिने उल्लेख गरिएको छ । विद्यालयका प्रधानाध्यापक रामगुलाम चौधरीका अनुसार यसअघि करार सूचिको उम्मेदवारको दरखास्त माग […]
आज खखडेहरा पर्वको अवसरमा कैलाली र कंचनपुर सार्वजनिक बिदा

राना थारु समुदायको खखडेहरा पर्वको अवसरमा फागुन ३० गते सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक विदा दिइएको छ। पर्वको अवसरमा सुदूरपश्चिमका २ जिल्ला कैलाली र कञ्चनपुरमा सुदूरपश्चिम प्रदेश सरकारले बिदा दिने निर्णय गरेको हो। प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक सूचना जारी गरेर कैलाली र कञ्चनपुरमा रहेका सम्पूर्ण सरकारी कार्यालयहरूमा सार्वजनिक बिदा दिएको जानकारी गराएको हो। […]