कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

डिभीको नतिजा आज आउदै , यसरी हेर्न सकिन्छ

काठमाडौँ, वैशाख २२ गते । अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा आज आउँदै छ । नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत डिभीको नतिजा आज आउने जानकारी दिएको हो । दूतावासले वैशाख २२ गते राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बर यहाँ क्लीक गरेर नतिजा हेर्न सक्ने जनाएको छ । यो नै डिभीको नतिजा थाहा पाउने एक मात्र तरिका भएको दूतावासले जानकारी […]

घोडाघोडीमा रहेको ‘कोल्डस्टोर’ ऋणको बोझले बन्द हुने अवस्थामा

कैलाली: सुदूरपश्चिम प्रदेशकै सबैभन्दा बढी क्षमता भएको चिस्यान केन्द्र ‘कोल्डस्टोर’ ऋणको बोझले बन्द हुने अवस्थामा पुगेको छ । कैलालीको घोडाघोडी नगरपालिकामा रहेको उक्त चिस्यान केन्द्र बैङ्कको ऋण तिर्न नसक्दा लिलामी हुने अवस्थामा छ । किसानको आवश्यकतालाई मध्यनजर गर्दै कैलालीको घोडाघोडी नगरपालिका–१० मा २०७७ फागुनमा तीन हजार मेट्रिकटन क्षमता भएको प्रदेशकै सबैभन्दा ठुलो चिस्यान केन्द्र स्थापना गरिएको […]

कैलालीमा भूमिहीनको एक लाख ३० हजार बढी पुर्जा वितरणको तयारी

कैलाली: राष्ट्रिय भूमि आयोग कैलालीमा एक लाख ३० हजार सात सय एक निवेदन दर्ता भएका छन्। भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले जग्गाधनी पुर्जा प्राप्तिका उक्त निवेदन दर्ता गराएका हुन्। जिल्लाको १३ वटै स्थानीय तहका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले जग्गाधनी पुर्जा प्राप्त गर्नका लागि निवेदन दर्ता गराएको राष्ट्रिय भूमि आयोगले जनाएको छ । जिल्लामा […]

भिरबाट लडेर दार्चुलामा एक महिलाको मृत्यु

दार्चुलाः दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको लेकम गाउँपालिका–४ रातामाटा स्थित देवलपाती भिरबाट लडेर महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। रातामाटास्थित देवपाती भिरमा घासकाट्ने क्रममा लडेर ५५ वर्षीया तुलसी पाठकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सुचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले बताए। घटनास्थलमै मृत्यु भएकी महिला […]

कैलालीमा ५० हजार दर्शक अट्ने क्रिकेट रङ्गशाला बनाउन सुरु

लम्की: सुदूरपश्चिम प्रदेशमा  ५० हजार दर्शक अट्ने अत्याधुनिक क्रिकेट रङ्गशाला निर्माण हुने भएको छ । कैलालीको धनगढीमा फाप्ला क्रिकेट रङ्गशाला निर्माणको प्रक्रिया अगाडि बढेसँगै नेपालमा केही वर्ष भित्रै अत्याधुनिक क्रिकेट रङ्गशाला तयार हुने देखिएको हो । सरकारले अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला तथा खेल ग्रामको पूर्वाधार निर्माणका लागि जग्गाको भोगाधिकार दिएसँगै क्रिकेट रङ्गशाला निर्माण प्रक्रिया अगाडि बढ्ने […]

जग्गाको पुर्जा नहुँदा हात्तीको आक्रमणमा पर्दा समेत राज्यबाट पाएनन् क्षतिपूर्ति

लम्की : कञ्चनपुरको दोधारा चादँनी नगरपालिका-३ मा रहेको सीमा बस्ती बडुवाल टोलमा जङ्गली हात्तीले जनधनको क्षति गर्न थालेको एक दशक वितिसक्यो। नेपाल-भारत सीमाक्षेत्रमा भूमिको रक्षाका लागि वि.सं.२०२४ देखि बडुवाल टोलमा बसोबास गर्दै आएका स्थानीय पछिल्लो एक दशकदेखि जङ्गली हात्तीको त्रासदीले रातभर जाग्राम बस्नुपर्ने बाध्यतामा छन् ।“पारी भारतीय जङ्गलबाट हात्ती आएर गाउँमा क्षति गर्न थालेको एक […]

आज पाँच प्रदेशमा वर्षाको सम्भावना

लम्की : नेपालमा हाल पश्चिम बंगाल र आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । साथै कोशी, मधेश, बागमती र कर्णाली प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । कोशी, […]

फेरि बढ्यो पेट्रोलको मूल्य, ग्यासमा २१५ रुपैयाँले वृद्धि

लम्की : नेपाल आयल निगमले दसैंको मुखैमा पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। इन्डियन आयल कर्पोरेशनबाट मूल्यसूची बढेर आएको भन्दै निगमले नेपालमा पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको हो। निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेलमा प्रतिलिटर ६ रुपैयाँ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१४ रुपैयाँले बढाएको हो। नयाँ मूल्य शनिबार राति १२ बजेपछि […]

कैलालीमा बहुबिबाहको नाममा ३ वर्षमा १२३ मुद्दा दर्ता

लम्की : कैलालीमा मुलकी अपराध संहिता विपरीत बहुविवाह गर्नेको संख्या बढ्दै गएको छ। मुलुकी अपराध संहिताको खिल्ली उडाउँदै जिल्लाभित्र धमाधम बहुविवाह गर्नेको संख्या बढ्दै गएको हो। जिल्लामा तीन वर्षको अवधिमा मात्र एक सय २३ बहुविवाहका मुद्दा प्रहरीमा दर्ता भएका छन्  | अपराध संहिताको दफा र उपदफालाई नै छलेर यसरी बहुविवाह गर्नेको संख्या बढ्न थालेको हो। […]

एसिया कप क्रिकेटमा आज नेपाल संग भारत भिड्दै

लम्की:  एसिया कप क्रिकेट अन्तर्गत भारत र पाकिस्तानबीचको खेल वर्षाले रद्ध भएसँगै भारतले नेपालविरुद्ध निर्णायक खेल खेल्ने भएको छ । शनिबार श्रीलंकाको क्यान्डीमा निरन्तरको वर्षाले दोस्रो ईनिङ्स सुरु हुन नसकेपछि खेल रद्ध भएको थियो । पाकिस्तान र भारतले ले १–१ अंक बाँडे । नेपाल र भारतबीचको खेल सोमबार हुँदैछ । नेपालले उक्त खेलमा भारतलाई हराए […]

काठमाण्डौबाट धनगढीका लागि उडेको श्रीएयर लाईन्सको प्लेन भैरहवा पुग्यो

लम्की : कैलालीसहित पश्चिम क्षेत्रमा भारी वर्षाका साथै हावाहुरीका कारण साढे छ बजे उडेको एयरलाईन्स भैरहवा पुगेको हो । काठमाडौबाट ६ः ४५ बजे धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज धनगढी अवतरण गर्न सकेन । नेपालगन्ज प्रयास गर्दा समेत नसकेपछि भैरहवा ल्याण्ड भएको छ । हाम्रोमा भिजिविलिटी नि छ । तर, भारी वर्षामा एयरलाईन्सले उडान भर्न […]

मुख्यमन्त्रीसहितको टोली पहिरो प्रभावित क्षेत्र पुग्यो

लम्की : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहसहितको टोली पहिरो प्रभावित क्षेत्रमा पुगेको छ। प्रदेशका मुख्यमन्त्री शाहसहित मन्त्रीहरूले मंगलवार भीमदत्त राजमार्गको पहिरो प्रभावित क्षेत्रको निरीक्षणमा पुगेका हुन। सुदूरपश्चिमका मुख्यमन्त्री शाह, भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवा, आन्तरिक मामिला तथा कानूनमन्त्री शिवराज भट्ट, गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टले बुढितोलाको भावर टोलमा गएको पहिरो निरीक्षण गरेका हुन्। उनीहरूसँग […]