आजको मौसमः यी प्रदेशमा भइरहेको छ वर्षा र हिमपात

हाल देशमा उत्तर प्रदेशको आसपासमा रहेको न्यूनचापीय क्षेत्र तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। सोमबार दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर–पश्चिम प्रदेशलगायत कोशी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने महाशाखाले बताएको छ। सोमबार राति […]
लम्कीमा एक पैदल यात्रीको बसको ठक्कर बाट मृत्यु

लम्की: कैलालीको लम्किचुहामा बसको ठक्कर बाट एक पैदल यात्रीको मृत्यु भएको छ । पश्चिमबाट पुर्ब तर्फ आउदै गरेको ना ५ ख ८७०० नम्बरको बसले ठक्कर दिदा मोहोन्याल गाउँपालिका ७ का ३७ बर्षिय डम्बर बहादुर विष्टको मृत्यु भएको ईलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ । पुर्बपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर २ गणेशपुर […]
प्रतापपुर युवक मृत्यु प्रकरणमा संलग्न १४ जना सार्वजनिक

लम्की : कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ९ प्रतापपुर को भुराघाटमा एक युवकको सामुहिक कुटपिटबाट मङ्गलवार राति मृत्यु भएको थियो | सामुहिक कुटपिटमा संलग्न १४ जनालाई प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घोडाघोडी नगरपालिका वडा नम्बर २ का २६ वर्षीय मोहन अधिकारीको मृत्यु भएको हो। भुराघाटका डिल्ली कोइराकालाको विवाहमा गएका अधिकारीमाथि विवाद हुँदा […]
रिगललाई पक्राउ गर्न सर्वोच्चको फैसला, भारतीलाइ न्यायको अनुभूति

सर्वोच्च अदालतले योगराज ढकाल (रिगल) लाई पक्राउ गर्न आदेश दिएको छ । सर्वोच्चले योगराज ढकालको कैद मिनाहा गर्ने निर्णय बदर गर्दै भारती शेर्पाको पक्षमा फैसला सुनाएको हो । नेपालगञ्जका चेतन मानन्धरको हत्यारा रिगललाई सरकारको सिफारिसमा राष्ट्रपतिले आममाफी दिएपनि त्यसलाई उल्ट्याउँदै निर्णय बदर गरेको हो । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधानमल्ल र कुमार चुडालको संयुक्त इजलासले […]
आज विजयादशमी, टीकाको शुभ साइत हेर्नुहोस

आज २०८० साल कार्तिक महिनाको ७ गते अर्थात् दसैंको मुख्य दिन विजया दशमी हो। नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर दसैं मनाइँदै छ। आज विजयादशमी, नवदुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाइँदै छ। दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद विजयादशमीका […]
आजपनि हल्का वर्षाको सम्भावना, धान नकाट्न किसानलाई आग्रह

हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही बागमती प्रदेशको केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती प्रदेशलगायत देशका पहाडी भू–भागका केही र तराईका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् […]
सोमबारदेखि पुन वर्षा हुनसक्ने, काटेको धान आइतवारसम्म भित्र्याइसक्न अनुरोध

बागमती र मधेस प्रदेशको धेरैजसो भूभागबाट यस वर्षको मनसुन बाहिरिएको छ। यसअघि सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरिसकेको मनसुन आजदेखि गण्डकी र लुम्बिनी प्रदेशका सबै भूभाग तथा बागमती र मधेस प्रदेशका धेरैजसो भूभागबाट बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपालका बाँकी भूभागबाट केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको महाशाखाको भनाइ छ। मनसुन बाहिरिने क्रममा रहेको भए […]
अख्तियार लाई रवि लामिछानेको प्रश्नै प्रश्न

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेले अख्तियारले भ्रष्टाचारीलाई कारबाही गर्छ भन्ने विश्वास आम मानिसलाई नरहेको बताएका छन् । राज्य व्यवस्था समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनलाई संशोधन गर्न विधेयकमाथि छलफल गर्न बुधबार आयोगका पदाधिकारीहरुलाई बोलाएका थिए । बैठकमा लामिछानेले अख्तियारले दायर गरेको मुद्दाको संख्या निरन्तर घटेको र त्यसमा पनि दोषी ठहर हुने प्रतिशत निकै […]
इजरायलमा अप्ठ्यारोमा परेका नेपालीको तत्काल उद्धार गर्न एमालेको माग

नेकपा एमालेले इजरायलमा अप्ठ्यारोमा परेका नेपालीहरुको तत्काल उद्धार गर्न सरकारसँग माग गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार वक्तव्य जारी गर्दै हमासले इजरायलमाथि गरेको आक्रमणको निन्दा गरेका छन् । घटनामा लर्न एण्ड अर्न योजना अन्तर्गत इजरायलको कृषि फर्ममा काम गर्न र सीप सिक्न गएका १० नेपालीको मृत्यु भएकोमा दुखितरहेको उनले बताएका छन् । […]
टीकापुरमा गाईको गोबरबाट धुपबत्ती र दियो बनाउन सुरु

लम्की : कैलालीको टीकापुरस्थित टीकापुर गौशालाले गाईको गोबरबाट धुपबत्ती र बत्ती बाल्ने दियो बनाउन सुरुआत गरेको छ । सामुदायिक पशु चौपाया व्यवस्थापन तथा प्रवर्द्धन समिति टीकापुर गौशालाले तीन चरणको परीक्षणपछि धुपबत्ती बनाउन थालनी गरेको हो । टीकापुर गौशालाका सचिव द्धारिकाप्रसाद जोशी र सदस्य उपेन्द्र न्यौपानेले धुपबत्ती र गोबरका सामग्री निर्माणबारे भारतको काशीपुर गएर तालिम लिएर […]
धनगढी देखि दिपायल सम्म कालोपत्रे सहितको द्रुतमार्ग बन्दै

लम्की : धनगढी–खुटिया–विपीनगर–दीपायल द्रुतमार्ग कालोपत्र हुने भएको छ। सडक कालोपत्रका लागि कैलाली खण्डमा बेसको काम भइरहेको सडक योजना कार्यालयले जनाएको छ। योजना कार्यालयका प्रमुख लक्ष्मण रावलका अनुसार बेसको काम सकिने बित्तिकै उक्त सडक कालोपत्र गर्ने तयारी थालिने छ। गत आर्थिक वर्षमा बजेट अभावका कारण अलपत्र परेको सडक कालोपत्रको काम एक महिनापछि हुने योजना कार्यालयले जनाएको […]
नेपालगञ्जमा कर्फ्युपछिको माहोल

लम्की : कर्फ्युपछि बाँकेको नेपालगञ्ज बुधबार बिहानीपख शान्त छ । हिन्दु र मुस्लिम समुदायबीच तनाव बढ्ने संकेत देखिएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले हिजो दिउँसो एक बजेदेखि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र अनिश्चितकालीन कर्फ्यु जारी गरेको थियो । कर्फ्युका कारण सीमा नाकामा रोकिएकाहरुलाई प्रहरीले उद्धार गरी नेपालगञ्ज कटाइदिने गरेको छ । प्रहरीका अनुसार आज बिहानसम्म कर्फ्यु उल्लंघनका घटना […]