कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१६ आश्विन २०८०, मंगलवार

आज पाँच प्रदेशमा वर्षाको सम्भावना

लम्की : नेपालमा हाल पश्चिम बंगाल र आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । साथै कोशी, मधेश, बागमती र कर्णाली प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । कोशी, […]

फेरि बढ्यो पेट्रोलको मूल्य, ग्यासमा २१५ रुपैयाँले वृद्धि

लम्की : नेपाल आयल निगमले दसैंको मुखैमा पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। इन्डियन आयल कर्पोरेशनबाट मूल्यसूची बढेर आएको भन्दै निगमले नेपालमा पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको हो। निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेलमा प्रतिलिटर ६ रुपैयाँ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१४ रुपैयाँले बढाएको हो। नयाँ मूल्य शनिबार राति १२ बजेपछि […]

आईफोन १५ मा ब्याट्री तात्तिने समस्या

आईफोन १५ प्रो र १५ प्रो म्याक्सकाे ब्याट्रीमा तात्तिने समस्या देखिएकाे भन्दै विभिन्न रिपोर्ट बाहिरिएका छन् । एप्पलले फोनको थर्मल सिस्टम डिजाइनमा ‍गरेको त्रुटिले त्यस्तो समस्या आएको हुनसक्ने विश्लेषण गरिएकाे छ । एन्ड्रोइड अथोरिटीले उक्त समस्या वास्तविक हो वा होइन भन्ने पुष्टि गर्न आईफोन १५ प्राेमा परीक्षण गरेको थियो । फोनमा एकैपटक विभिन्न कामहरू गर्न […]

कैलालीमा बहुबिबाहको नाममा ३ वर्षमा १२३ मुद्दा दर्ता

लम्की : कैलालीमा मुलकी अपराध संहिता विपरीत बहुविवाह गर्नेको संख्या बढ्दै गएको छ। मुलुकी अपराध संहिताको खिल्ली उडाउँदै जिल्लाभित्र धमाधम बहुविवाह गर्नेको संख्या बढ्दै गएको हो। जिल्लामा तीन वर्षको अवधिमा मात्र एक सय २३ बहुविवाहका मुद्दा प्रहरीमा दर्ता भएका छन्  | अपराध संहिताको दफा र उपदफालाई नै छलेर यसरी बहुविवाह गर्नेको संख्या बढ्न थालेको हो। […]

एसिया कप क्रिकेटमा आज नेपाल संग भारत भिड्दै

लम्की:  एसिया कप क्रिकेट अन्तर्गत भारत र पाकिस्तानबीचको खेल वर्षाले रद्ध भएसँगै भारतले नेपालविरुद्ध निर्णायक खेल खेल्ने भएको छ । शनिबार श्रीलंकाको क्यान्डीमा निरन्तरको वर्षाले दोस्रो ईनिङ्स सुरु हुन नसकेपछि खेल रद्ध भएको थियो । पाकिस्तान र भारतले ले १–१ अंक बाँडे । नेपाल र भारतबीचको खेल सोमबार हुँदैछ । नेपालले उक्त खेलमा भारतलाई हराए […]

काठमाण्डौबाट धनगढीका लागि उडेको श्रीएयर लाईन्सको प्लेन भैरहवा पुग्यो

लम्की : कैलालीसहित पश्चिम क्षेत्रमा भारी वर्षाका साथै हावाहुरीका कारण साढे छ बजे उडेको एयरलाईन्स भैरहवा पुगेको हो । काठमाडौबाट ६ः ४५ बजे धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज धनगढी अवतरण गर्न सकेन । नेपालगन्ज प्रयास गर्दा समेत नसकेपछि भैरहवा ल्याण्ड भएको छ । हाम्रोमा भिजिविलिटी नि छ । तर, भारी वर्षामा एयरलाईन्सले उडान भर्न […]

मुख्यमन्त्रीसहितको टोली पहिरो प्रभावित क्षेत्र पुग्यो

लम्की : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहसहितको टोली पहिरो प्रभावित क्षेत्रमा पुगेको छ। प्रदेशका मुख्यमन्त्री शाहसहित मन्त्रीहरूले मंगलवार भीमदत्त राजमार्गको पहिरो प्रभावित क्षेत्रको निरीक्षणमा पुगेका हुन। सुदूरपश्चिमका मुख्यमन्त्री शाह, भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवा, आन्तरिक मामिला तथा कानूनमन्त्री शिवराज भट्ट, गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टले बुढितोलाको भावर टोलमा गएको पहिरो निरीक्षण गरेका हुन्। उनीहरूसँग […]

लम्की–टीकापुर सडक अझै भएन पुरा

लम्की: पूर्व–पश्चिम राजमार्गबाट १४ किलोमिटरभित्र पर्ने लम्की–टीकापुर सडकखण्ड समयमै निर्माण हुन नसक्दा सर्वसाधारणलाई सास्ती भएको छ । सम्झौता सकिँदा पनि सडक निर्माणको जिम्मा लिएको कम्पनीले काम अधुरै छाडेको छ । सडक हिलाम्य भएको छ । यात्रुलाई हिँड्दा हैरानी भएको छ । हुलाकी सडक आयोजना कार्यालयले यसअघि उक्त सडक कालोपत्र गरेको थियो । तर एक वर्षमै […]

सुदूरपश्चिममा आँखा पाक्ने रोग फैलियोे, बच्ने उपाय यस्ता

लम्की :  सुदूरपश्चिममा आँखा पाक्ने रोगको प्रकोप फैलिएको छ। विशेष गरी कैलाली र कञ्चनपुरमा आँखा पाक्ने रोगको प्रकोप सघन रुपमा फैलिएको हो। प्रदेशका अन्य जिल्लासहित देशैभर फैलिएको आँखा पाक्ने समस्या एडिनो भाइरसको संक्रमणले भएको चिकित्सकहरुले बताएका छन्। आँखा पाक्ने समस्या समान्यतया ५ देखि ७ दिनमा निको हुने भए पनि ब्याक्टेरियाको समेत संक्रमण भए आँखामा गम्भीर […]

एमालेको अवरोध पछि स्थगित भएको सु.प. प्रदेशसभा बैठक भोली बस्दै

सुदूरपश्चिम प्रदेश सभाको दोस्रो अधिबेसनको एघारौँ बैठक भोली (मंगलबार) बिहान ११ बजे बस्ने भएको छ । प्रदेश सभा सचिवालयका सचिव देबबहादुर बोगटीले एक सुचना जारी गर्दे आज दिउँसो ३ बजे बसेको बैठक एमालेको अवरोध पछि स्थगित भएकोमा उक्त बैठक भोली बस्ने सुचना मार्फत जनाएको हो । आजको बैठकमा कैलालीको गेटामा शहीद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान […]

भोलि प्रदेश प्रमुखको कार्यालय अगाडि धर्ना दिइने

गेटामा विश्वविद्यालयको माग राख्दै भोलि अर्थात् मङ्गलवार प्रदेश प्रमुखको कार्यालय अगाडि धर्ना दिइने कार्यक्रम तय भएको छ। विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका सचिव धर्मसिंह कुँवरले भोलि प्रदेश प्रमुखको कार्यालय अगाडि धर्ना दिने कार्यक्रम तय भएको बताएका हुन्। सरकारले गत माघ २९ गते गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो। सरकारले जेठ […]

पूर्वगृहमन्त्री खाण र रिजालको बयान आज

नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित पूर्वगृहमन्त्री बालकृष्ण खाण,सक्कली भुटानी शरणार्थीका नेता एवं अधिकारकर्मी टेकनाथ रिजालको बयान आज हुने भएको छ। बयानका लागि विभिन्न बाहाना बनाउँदै आएका खाणसहित रिजाल र काठमाडौँ जिल्ला अदालतमा हाजिर भएका हरिभक्त महर्जनको बयान आज लिइने भएको हो। आज तीन जनाको बयान सकिए आज पक्राउ परेका अदालती सबैको बयान सकिनेछ। हिजो बिहीबार […]