कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

एकाविहानै धनगढी यसरी दौडिन थालेपछि

धनगढी जेसिजले गर्दै आएको ‘अब धनगढी दौडन्छ’ धनगढी हाफ म्याराथुन २०२१ अन्तरगत धनगढीका युवायुवतीहरु शनिबार विहानै दौडिएका हुन्। सके दौडौं, नसके हिडौं भन्ने नारासहित कार्यक्रम गरिएको धनगढी जेसिजका अध्यक्ष कमलराज पनेरुले बताए।

बिज्ञापन

म्याराथन ४ वटा विधामा रहेको छ। पहिलो २१.१ किमि खुला दौड जसअन्तरगत प्रथमलाई नगद ५५ हजार पाँच सय ५५, द्वितीयलाई ३३ हजार ३ सय ३३ र तृतियलाई २२ हजार २ सय २२ नगद पुरस्कार दोस्रो कर्पोरेट मिडिया तर्फको ५ किमि दौडमा प्रथमलाई ५ हजार पाँच सय ५५, द्वितीयलाई ३ हजार ३ सय ३३ र तृतीयलाई २ हजार २ सय २२ नगद पुरस्कार राखिएको जनाइएको छ।

तेस्रो महिला तर्फ ५ किमि दौडमा प्रथमलाई १५ हजार, द्वितीयलाई १० हजार र तृतीयलाई ५ हजार पुरस्कार छ भने चौथो बिधामा अपांगतालाई ट्राइ साईकलतर्फ पनि सहभागीलाई पुरस्कृत गरिने  जनाएको छ । प्रतियोगिताको नवजीवन सहकारी मुख्य प्रायोजक रहेको छ। 

बिज्ञापन
No data was found
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0