कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

KGF Chapter-२ को प्रदर्शनमा रातभर हाउसफुल

दर्शकमाझ बहुप्रतीक्षित फिल्म ‘केजीएफ च्याप्टर २’ बिहीबार प्रदर्शनमा आउनुअगावै लगभग सबै हलका सबै शो हाउसफुल थिए । गत शुक्रबार नै उक्त फिल्मका मनग्गे शो निकालिएका थिए । राजधानीको मुख्य मल्टिप्लेक्स च्यानल क्यूएफएक्सले अनलाइन शो निकालेको दुई घण्टा बित्न नपाउँदै हल भरिने गतिमा टिकट बिक्री भइसकेको थियो ।

बिज्ञापन

देशभर क्यूएफएक्सका ११ मल्टिप्लेक्सले दक्षिण भारतीय फिल्मलाई ८७ शो दिएका थिए । तर दर्शकको ओइरो यति देखियो, राजधानीका केही मल्टिप्लेक्सले त बुधबार रातभर अतिरिक्त शो नै चलाए । 

बिहीबार पहिलो दिनका लागि १५ शो दिएको चाबहिल, चुच्चेपाटीस्थित एफक्यूब सिनेमाजले बुधबार राति १ बजेका लागि पहिलो शो निकालेको थियो । मध्यरातको शोका लागि एकाध घण्टामै टिकट बिक्री भइसकेपछि बिहान ४ बजेसम्म अरू तीन शो थपिए ।

बिज्ञापन

कमलपोखरीको सिटी सेन्टरस्थित बिग सिनेमाले पनि बिहीबार बिहानै ३, ४ र ५ बजेका थप शो चलायो भने गोंगबुस्थित बिजी मलमा रहेको बीएसआर मुभिजले पनि राति साढे ३ बजेको शो थप्यो । फिल्म निर्माता रोहित अधिकारीले टिकट नपाएर रन्थनिइरहेका बेला मध्यरातमा अचानक निकालिएका शोपछि हान्निएर हल पुगेको सुनाए ।

बिज्ञापन

‘फिल्म हेर्नु ठूलो कुरा हैन, तर राति १ बजे पहिलो शो हेर्नु ऐतिहासिक नै हो । यस्तो मौका सधैं पाइँदैन भनेर पनि गएँ,’ उनले भने । २०७६ सालमा सर्वाधिक कमाइ गरेको फिल्म ‘छ माया छपक्कै’ का निर्माता उनी मध्यरातमा हल प्रांगणको रौनकता देखेर छक्कै परेको बताउँछन् ।

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0