दमौलीको आगलागी नियन्त्रणमा जस लिन नेताहरूको होडबाजी !
तनहुँको राजनीति अन्यत्रभन्दा फरक छ। एक वर्षअघि दमौलीको बुल्दीखोला पुल उद्घाटनका विषयमा जस्तै आइतबार आगलागीको घटना नियन्त्रणमा पनि नेताहरूबीच जस लिने होडबाजी चलेको छ। दमकलबाट मात्रै आगलागी नियन्त्रण सम्भव नभएपछि हेलिकप्टर मगाएको विषयमा जस लिने होडबाजी देखिएको हो। गण्डकीका आन्तरिक मामिलामन्त्री डोबाटे विश्वकर्मा र ब्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपानेले तनहुँबाटै निर्वाचित श्रममन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ हेलिकप्टरमा […]
आगलागी नियन्त्रणमा नेतृत्वदायी भूमिका निर्बाह गर्न सेनालाई प्रधानमन्त्रीको निर्देशन
आगलागी नियन्त्रणमा नेतृत्वदायी भूमिका निर्बाह गर्न नेपाली सेनालाई प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् । प्रधानमन्त्रीको नेतृत्वमा मंगलबार बालुवाटारमा रक्षा मन्त्रालय र मातहतका निकायबाट चालु आर्थिक वर्षमा सञ्चालित विकास कार्यक्रम तथा आयोजनाको दोस्रो चौमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक बसेको थियो । बैठकमा रक्षामन्त्रीसमेत रहेका ओलीले मुलुकका विभिन्न स्थानमा भइरहेको आगलागीको कारण […]