कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

अमेरिकाले दियो एमसीसी भन्दा ठूलो सहायता, कहाँ खर्च हुँदै छ ८० अर्ब?

सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए) बाट १५० मिलियन अमेरिकी डलर (१८ अर्ब रुपैयाँ) सहुलियत ऋण सहायता स्वीकार्ने लिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आईडीएबाट १८ अर्ब रुपैयाँ बराबर सहुलियत ऋण सहायता स्वीकार्ने सरकारले निर्णय […]

अमेरिकाद्वारा ‘व्याख्यात्मक घोषणा’सहितको एमसीसी स्वीकार

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले ५० करोड डलरको कम्प्याक्ट परियोजनासम्बन्धी सम्झौता नेपालको संसदबाट पारित गरेकोप्रति स्वागत गरेको छ ।  अमेरिकाको वासिङ्टनस्थित मुख्यालयले प्रतिनिधिसभाबाट पारित भएको उक्त सम्झौताको एक विज्ञप्तिमार्फत स्वागत गरेको हो।   ‘एमसीसी पारित गर्ने सम्पूर्ण अधिकारी सार्वभौम अधिकार नेपाल सरकारमा निहीत रहेको थियो’, एमसीसीको विज्ञप्तिमा भनिएको छ, ‘यो पारित गरेसँगै एमसीसीको […]

नेपालको सडक मर्मतमा नयाँ प्रविधि भित्र्याउँदै एमसीसी

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को कम्प्याक्ट सम्झौता अनुमोदन भएसँगै अब आयोजना कार्यान्वयनको तयारी सकाउने ढोका खुलेको छ । एमसीसीअन्तर्गत अमेरिकाले नेपालमा सडक मर्मतमा नयाँ प्रविधि हस्तान्तरण गर्दैछ । एमसीसी अन्तर्गत पूर्व-पश्चिम राजमार्गको एउटा खण्डमा ‘फूल डेप्थ रिक्लेमेसन’ र ‘सुपेरियर पर्फर्मिङ आस्फाल्ट पेभमेन्ट’ (सुपरपेभ) प्रविधि नेपालमा पहिलो पटक प्रयोग हुनेछ । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल […]

एमालेसंग कुनै सल्लाह नभई एम सी सी सम्झौता पास : ओली

नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आवश्यकता अनुसार मात्र विदेशी लगानी स्वीकार गरिने बताएका छन् । आवश्यकता अथवा राष्ट्रिय हित वा राष्ट्रिय स्वाभिमानमा धक्का लाग्छ भने त्यस्ता सहयोग स्वीकार नगर्ने बताउँदै उनले यस्ता कुरा सम्झौता गर्ने बेलामा नै सबै प्रावधानहरु हेर्नुपर्ने बताएका हुन् । उनले भने, ‘गठबन्धनका प्रमुख घटक दलहरूले सम्झौता गर्दा हामीसँग कुनै सल्लाह गरेको […]

एमसीसी हुन्न भन्ने सांसद चार जना

काठमाडौं। अमेरिकी सहायता परियोजना एमसीसी व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन भएको छ । अर्थमन्त्री जनार्दन शर्माले एमसीसी अनुमोदनका लागि निर्णाथ पेस गरिदा सत्ता पक्षका अधिकांश सांसदले पक्षमा हात उठाएका थिए । हुन्न भन्ने पक्षमा भने चार जना सांसदले मात्रै हात उठाए । प्रमुख प्रतिक्षप एमालेले यसअघि झैं संसद अवरोधलाई कायम गरेको भए पनि एमालेकै दुई सांसद […]

राष्ट्रघाती एमसीसी पास गरेको भन्दै गठबन्धनबाट बाहिरियो जनमोर्चा

काठमाडौं । राष्ट्रिय जनमोर्चाले सत्तारुढ गठबन्धनबाट बाहिरिने निर्णय गरेको छ ।एमसीसी सम्झौता सदनबाट अनुमोदन भएको भोलिपल्टै राजमो गठबन्धनबाट अलग हुने निर्णय गरेको हो । गठबन्धनमा राष्ट्रिय जनमोर्चासहित पाँचवटा दल थिए । सदनमा जनमोर्चाको एक सांसद छन् । सोमबार बसेको सचिवालय बैठकले गठबन्धनबाट बाहिरिने निर्णय गरेको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए । ‘राष्ट्रघाती एमसीसी […]

गृहमन्त्री खाँण बालकोटमा ओली भेटेर फर्किए

गृहमन्त्री बालकृष्ण खाणले एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । भेटमा गृहमन्त्री खाँण  र अध्यक्ष ओलीबीच एमसीसी अनुमोदन र संसदको अवरोध हटाउनेबारे कुराकानी भएको ओलीको नीजि सचिवालयले जनाएको छ । गृहमन्त्री खाँण बुधबार बिहान बालकोट आएर एमसीसीमा सहयोग गर्न अध्यक्ष ओलीसँग आग्रह गरेको ओलीको नीजि सचिवालय सदस्य रामशरण बजगाइँले जानकारी दिए ।  […]

एमालेले अवरोध गरे पनि एमसीसी टेबल हुन्छ : कांग्रेस प्रवक्ता

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जस्तोसुकै परिस्थितिमा अमेरिकी सहायता परियोजना एमसीसी संसदमा टेबल हुने बताएका छन् । अहिले बस्ने प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले अवरोध गर्ने जनाएको छ । आफ्नो माग पूरा नभएको भन्दै एमालेले अवरोध कायमै राख्ने जनाएको छ । तर कांग्रेस प्रवक्ता महत भने एमालेको अवरोधका बीच पनि टेबल हुने बताउँछन् […]

एमसीसीबारे संसदीय समितिमा छलफल चलाउने

काठमाडौं: संसदीय समितिले अमेरिकी सहायता परियोजना एमसीसीको विषयमा छलफल चलाउने भएको छ । प्रतिनिधिसभाको अन्तर्राष्‍ट्रिय सम्बन्ध समितिले एमसीसीमा उठेका सवालका विषयमा छलफल चलाउने भएको हो । समिति सभापति पवित्रा निरौला खरेलले यो विषय गम्भीर भएकाले आगामी बैठकमा छलफल चलाइने बताइन् । ‘एमसीसीबारे जनस्तरमा पनि प्रश्न उठेको छ । यो विषय अब आगामी बैठकको एजेण्डाका रुपमा लैजान्छौं […]