कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

कोरोना संक्रमण बढ्यो,सतर्कता अपनाउन चिकित्सकको सुझाव

केही दिन यता नेपालमा दैनिक एक सयको हाराहारीमा कोरोना संक्रमितहरु बढिरहेका छन् । कोरोना संक्रमित बढ्न थालेसँगै अस्पतालहरुमा कोभिड १९ विरुद्धको खोप लगाउनेहरुको उपस्थिति बाक्लिएको हो । यस बीचमा केही नागरिकहरुको कोरोना भाइरसका कारण निधन भएको छ ।   तर कोरोना भाइरसको संक्रमणका कारण निधन हुनेहरुमा भने ज्येष्ठ नागरिक र दीर्घरोगीहरु मात्रै रहेको शुक्रराज ट्रपिकल तथा […]

कोरोनाबाट थप एक जनाको मृत्यु, १०६ जना संक्रमित थपिए

कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। योसँगै मृत्यु हुनेको संख्या १२ हजार २१ पुगेको छ। यस्तै १०६ जना संक्रमित पनि थपिएका छन्। योसँगै अहिले देशभर ४६९ जना सक्रिय संक्रमित छन्। काठमाडौं उपत्यकामा ५ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको […]

सुदूरपश्चिममा मात्रै थप ५४ जनामा कोरोना पुष्टि

देशभर कोरोना संक्रमण वढे सँगै सुदूरपश्चिममा पनि कोरोना संक्रमण दर  दिनानु दिन वढिरहेको छ । सुदूरपश्चिम प्रदेशमा आइतबार मात्रै थप ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कैलाली, कञ्चनपुर र बैतडीका सीमा नाकामा ७११ जनाको एन्टिजेन परीक्षण गर्दा ५४ जनामा संक्रमण पुष्टि भएका जनाएकोे छ । यस्तै डडेल्धुरा अस्पतालमा […]

भारतमा कोरोना संक्रमित दैनिक ७ हजार भन्दा बढी

भारतमा कोरोना संक्रमण फेरि तिब्र रूपमा फैलन थालेको छ। पछिल्लो २४ घन्टा भित्र भारतमा ७ हजार ५ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण देखा परेको हो। भारतको सबैभन्दा धेरै महाराष्ट्र र केरलामा संक्रमित फेला परेका छन्। महाराष्ट्रमा २८१३ संक्रमित फेला परेका छन् भने केरलामा २४१५ जना नयाँ संक्रमित फेला परेका छन्।यस्तै राजधानी नयाँ दिल्लीमा ६२२ […]

फेरि नयाँ भाइरस मङ्कीपक्सको संक्रमणदर बढ्दै

काठमाडौँ । कोरोना महामारीले थोरै राहत मिलेको समयमा फेरि नयाँ भाइरसको संक्रमणदर बढेपछि विश्वव्यापी रुपमा चिन्ता बढेको छ । अहिले अफ्रिकी मुलुक हुँदै अमेरिका र युरोपका विभिन्न देशमा नयाँ भाइरस अर्थात् मङ्कीपक्सको संक्रमण फैलिएपछि मानिसहरुमा चिन्ता बढेको हो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार हालसम्म ८० जनालाई ‘मङ्कीपक्स भाइरस’ पुष्टि भइसकेको छ भने ५० जना शङ्कास्पद […]

खोटाङ बन्यो कोरोना सङ्क्रमणमुक्त जिल्ला

खोटाङ : दश स्थानीय तह रहेको खोटाङ कोभिड–१९ मुक्त जिल्ला बनेको छ। पछिल्लो समय सङ्क्रमण पुष्टि भई होम आइसोलेशनमा रहेका दुईजना आइतबार निको भएसँगै खोटाङ सङ्क्रमणमुक्त बनेको हो।  सङ्क्रमण देखिएका दुईसहित २५ जनाको एन्टिजेन परीक्षण गर्दा कसैमा पनि सङ्क्रमण नदेखिएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिए। विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस सुरु […]

लम्किचुहाका विधार्थीलाई माघ १८ देखी कोभीड को खोप लगाइदै

लम्की: कैलालीको लम्कीचुहा नगरपालिकाका विद्यालयहरुमा माघ १८ गतेदेखि २४ गतेसम्म पालिका भित्रका विद्यार्थीलाई कोभिड १९ विरुद्धको खोप लगाइने भएको छ । आइतबार एक सूचना जारी गर्दै लम्कीचुहा नगरपालिकाले सम्पूर्ण विद्यालयहरुलाई आवश्यक सहयोग र समन्वयन गरिदिन अनुरोध गरेको छ ।उक्त सूचनाका आधारमा सम्बन्धित वडाको स्वास्थ्य संस्था मार्फत मोर्डना खोप अभियान सुरु गरिदै रहेछ । खोप अभियानमा […]