कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

मुख्यमन्त्रीसहितको टोली पहिरो प्रभावित क्षेत्र पुग्यो

लम्की : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहसहितको टोली पहिरो प्रभावित क्षेत्रमा पुगेको छ। प्रदेशका मुख्यमन्त्री शाहसहित मन्त्रीहरूले मंगलवार भीमदत्त राजमार्गको पहिरो प्रभावित क्षेत्रको निरीक्षणमा पुगेका हुन। सुदूरपश्चिमका मुख्यमन्त्री शाह, भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवा, आन्तरिक मामिला तथा कानूनमन्त्री शिवराज भट्ट, गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टले बुढितोलाको भावर टोलमा गएको पहिरो निरीक्षण गरेका हुन्। उनीहरूसँग […]

पहिरोमा पुरिएर अछाममा १४ जनाको मृत्यु,९ जना बेपत्ता

अछाममा बिहीवार देखिको अविरल वर्षासँगै गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १४ पुगेको छ । जिल्लाको कमलबजार नगरपालिका, तुर्माखाद गाउँपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएका १४ जनाको शव फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए । उनकाअनुसार पहिरोमा पुरिएर ९ जना बेपत्ता छन् भने ११ जना घाइतेको उद्दार गरिएको छ ।

दार्चुलाको बाढी पहिरो घटनामा अझै १० जना बेपत्ता

शुक्रबारको वर्षापछि आएको बाढीपहिरोले बेपत्ता भएका १० जना अझै भेटिएका छैनन्। महाकाली नगरपालिकाका १० जना अझँ नभेटिएका हुन्। बाढीपहिरोले महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा ठूलोमजनधनको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार बाढीपहिरोमा परेर अहिलेसम्म पाँच जनाको मृत्यु भएको छ भने १० बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक लोकेन्द्र सिंहले महाकालीको […]