कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

फेरि बढ्यो पेट्रोलको मूल्य, ग्यासमा २१५ रुपैयाँले वृद्धि

लम्की : नेपाल आयल निगमले दसैंको मुखैमा पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। इन्डियन आयल कर्पोरेशनबाट मूल्यसूची बढेर आएको भन्दै निगमले नेपालमा पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको हो। निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेलमा प्रतिलिटर ६ रुपैयाँ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१४ रुपैयाँले बढाएको हो। नयाँ मूल्य शनिबार राति १२ बजेपछि […]

के पेट्रोलियम पदार्थको मूल्य तत्काल घट्ने संकेत देखिएको हो ?

 राष्ट्रियसभा सदस्यहरुले पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन माग गर्दै सरकारको ध्यानाकषर्ण गराएका छन् । सोमबार बसेको राष्ट्रिय सभाको बैठकको विशेष समयमा बोल्ने सांसदहरुले बोल्दै अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटिसकेको भन्दै नेपालमा पनि तत्काल मुल्य समायोजन गरी मुल्य घटाउन माग गरेका हुन् । भारतबाट दुई पटक पेट्रोलियम पदार्थको मूल्य घटेर आइसकेको अवस्थामा पनि सरकारले मुल्य […]

आजै मध्यरातदेखि पेट्रोल र डिजेलको नयाँ मूल्य लागू हुने

सरकारले घटाएको डिजेल र पेट्रोलको नयाँ मूल्य शनिबार मध्यरातिदेखि लागू हुने भएको छ ।   सरकारले पेट्रोलको २० र डिजेलको २८ रुपैयाँ मूल्य घटाउने घोषणा गरेकामा सो निर्णय मध्यराति १२ बजेदेखि लागू हुने शनिबार अयोजित आकस्मिक पत्रकार सम्मेलनमा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले जानकारी दिए ।  उनका अनुसार सरकारको निर्णयसँगै पेट्रोलको मूल्य […]

पेट्रोलको मूल्य घट्यो तर ग्याँसको मुल्य भने सिलिन्डरमै २७३ रुपैयाँले बढ्यो

इन्डियन आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची नेपाल आयल निगमलाई पठाएको छ । आज पठाएको नयाँ मूल्य सूचीअनुसार लगातार बढिरहेको पेट्रोलको मूल्य सामान्य घटेको नेपाल आयल निगमले जनाएको छ । नयाँ मूल्य सूचीमा पेट्रोलको मूल्य १ रुपैयाँ ४८ पैसाले घटेर आएको निगमले जनाएको छ । डिजेलको मूल्य भने प्रतिलिटर २ पैसाले बढेर आएको छ […]

सिटामोलको मूल्य ४५० रुपैयाँ, न बिजुली छ, न डिजेल न मैनबत्ती

श्रीलंकामा अहिलेसम्मकै ठूलो विद्युत कटौती सुरु भएको छ । स्वतन्त्रता यताकै सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको श्रीलंकाले बुधबारदेखि दैनिक १० घण्टा विद्युत कटौती सुरु गरेको छ । मुलुकमा पेट्रोलियम इन्धनको चरम अभाव हुँदा विद्युत् उत्पादनमा उल्लेख्य कमी आएको छ । मुलुकमा खाद्यान्न तथा पेय पदार्थको चरम अभाव हुँदा आक्रोशित जनताले गोटाबाया राजापाक्षे सरकारप्रति आक्रोश […]