कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

आज पाँच प्रदेशमा वर्षाको सम्भावना

लम्की : नेपालमा हाल पश्चिम बंगाल र आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । साथै कोशी, मधेश, बागमती र कर्णाली प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । कोशी, […]

आज दिउँसो पनि मेघगर्जनसहित पानी पर्ने सम्भावना

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने सम्भावना छ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा र अन्य क्षेत्रका थोरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ। सोमबार राति  देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशको पहाडी भू-भागका केही स्थानमा तथा तराई भू-भागका थोरै स्थानहरुमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना छ।

आज अपराह्नतिर मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने

(बुधबार) आंशिकदेखि सामान्य मौसम बदली भइ अपराह्नतिर कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज राति कोसी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ। महाशाखाका अनुसार हाल देशमा स्थानीय वायु तथा […]

मनसुन बाहिरिँदै, भारी वर्षा अब नहुने,

यस वर्षको मनसुन आजबाट क्रमशः बाहिरिँदै गएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले मनसुन बहिर्गमन सम्बन्धी विशेष मनसुन बुलेटिन निकालेर देशको प्रदेश नम्बर १ बाहेकका प्रदेशबाट मनसुन बाहिरिएको जनाएको हो । गत जेठ २२ गते नेपालको पूर्वी भू–भागबाट प्रवेश गरेको यस वर्षको मनसुन आजदेखि नेपालको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी […]

अझै तीन दिन पानी पर्ने,

नेपालमा पछिल्लो पाँच दिनदेखि लगातार पानी परिरहेको छ। मनसुन सक्रिय रहेकाले अझै तीन दिन पानी पर्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद् विनु महर्जनका अनुसार मनसुन न्यून चापीय क्षेत्रको असर कायमै रहेकाले केही दिन वर्षाको सम्भावना छ। आगामी मंगलबारदेखि मौसम क्रमिक रूपमा सुधार हुनेछ। ‘अबको तीन दिनसम्म वर्षाको सम्भावना […]

दसैंमा चारवटा प्रदेशका विभिन्न स्थानमा भारी वर्षा, यस्तो छ मनसुन तालिका

यस वर्षको दसैंमा देशका विभिन्न चारवटा प्रदेशका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना देखिएको छ।  जल तथा मौसम विज्ञान विभागका अनुसार असोज १९ गते विजया दशमीदेखि २१ गते द्वादशीसम्म लुम्बिनी, गण्डकी, कर्णाली र सूदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ। विभागको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार दसैंका लागि विशेष मनसुन बुलेटिन प्रकाशित गर्दै उक्त […]

अझै ३ दिन सम्म पानी पर्ने सम्भावना, 

हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू–भागमा सरदर स्थानमा र पूर्वी भू–भागमा सरदर स्थान भन्दा उत्तरमा अवस्थित रहेको छ। साथै भारतको उत्तर प्रदेशको आसपासमा न्यून चापीय क्षेत्र पनि अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशको प्रदेश १, मधेश प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिक देखि […]

आज देशका यी स्थानमा मेघगर्जनसहित वर्षा हुने, सर्तक रहन आग्रह

देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन÷चट्याङसहित वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतिर सरदर स्थानभन्दा केही […]

आज तराईका केही स्थानमा अत्यधिक तापक्रम

उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज तराईका जिल्लाहरुमा तापक्रम अत्यधिक मात्रामा बढेको बताएको छ । महाशाखाले आज एक विज्ञप्ति जारी गर्दै तराईमा आज गर्मी बढ्ने हुँदा आवश्यक सतर्कता अपनाउन समेत अनुरोध गरेको छ । हाल मनसुनको न्यून चापय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा दक्षिण दिशामा र पूर्वतर्फ सरदर स्थानको आसपासमा अवस्थित रहेको […]

आज वर्षाको सम्भावना, भोलि भारी वर्षा हुनसक्ने

आज मुलुकका सबैजसो प्रदेशमा वर्षाको सम्भावना छ । दिउँसो लुम्बिनी र कर्णालीका केही र बाँकी प्रदेशका थोरै स्थानमामा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति प्रदेश १, मधेश र सुदूरपश्चिमका थोरै तथा अन्य प्रदेशका एक-दुई स्थानमा वर्षाको आकलन गरिएको छ । शुक्रबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही र बाँकी प्रदेशका थोरै […]

महाकालीको जलस्तर बढ्यो, वनबासा पुलमा गाडी आवतजावत बन्द

महाकाली नदीमा पानीको बहाव बढेको छ। अविरल वर्षाका कारण नदीमा पानीको बहाव बढेको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार अहिले महाकाली नदीमा पानीको बहाव एक लाख ३९ हजार ६ सय क्युसेक मापन गरिएको छ। महाकाली नदीमा पानीको बहाव बढेपछि पश्चिमी सीमानाका गड्डाचौकी नजिकैको शारदा व्यारेजको पुलमा चार पाङ्ग्रे गाडी आवतजावत बन्द गरिएको छ। पानीको बहाव […]

आज देखि सुदूरपश्चिम लगायत देशभर तीन दिन सम्म वर्षाको सम्भावना

आजदेखि तीन दिन अर्थात् बिहीबारसम्म देशभर वर्षा हुने सम्भावना देखिएको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेकाले तीन दिन देशभरि वर्षा हुने सम्भावना देखिएको हो। हाल मौसमको अवस्था हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र […]