कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

सुदूरपश्चिम प्रदेश सरकारले नाघ्यो डेढ अर्ब बेरुजु

सुदूरपश्चिम प्रदेश सरकारको बेरुजु रकम डेढ अर्ब नाघेको छ। आर्थिक वर्ष २०७८/०७९ मा मात्रै प्रदेश सरकारको बेरुजु रकम ४५ करोड ३१ लाख ७१ हजार रहेको छ। यससँगै सो आर्थिक वर्षसम्म प्रदेशको बेरुजु रकम एक अर्ब ५४ करोड ९६ लाख २० हजार पुगेको छ। महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको महालेखापरीक्षकको वार्षिक प्रतिवेदन, २०७९ मा उल्लेख छ– ‘गत वर्ष […]

भागबन्डा नमिले पछि, केन्द्रीय आदेश कुर्दै मुख्यमन्त्री

मुख्यमन्त्रीसहित सात सदस्यीय प्रदेश मन्त्रिपरिषद् रहेको सुदूरपश्चिममा चार मन्त्रालय चार महिनादेखि रिक्त छन्। २६ माघमा नियुक्त भएका मुख्यमन्त्री कमलबहादुर शाहले २७ माघमा दुई मन्त्री नियुक्त गरेका थिए। रिक्त रहेका आन्तरिक मामिला र सामाजिक विकास, उद्योग पर्यटन वन तथा वातावरण, भूमि व्यवस्था तथा कृषि मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री आफैले सम्हालेका छन्। जनताको म्यन्डेड लिएर आएका जनप्रतिनिधिले प्रदेश […]

विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजको प्रतिनिधि सभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव राखेका छन्। प्रधानमन्त्रीलाई ११ दलले विश्वासको मत दिने तयारी गरेका छन्। नेकपा एमाले र राप्रपाले विश्वासको मत नदिने बताएका छन्। प्रधानमन्त्रीलाई विश्वासको मतका लागि १३८ जना सांसदको साथ चाहिन्छ। ११ दलले प्रधानमन्त्रीलाई विश्वासको मत दिएमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउने अवस्था रहन्छ।

कैलालीका ९ क्याम्पसमा स्ववियुको निर्वाचन हुँदै

आज कैलालीका ९ क्याम्पसमा स्ववियु निर्वाचन हुन लागेको छ। लम्किचुहा बहुमुखी क्याम्पस, घोडाघोडी बहुमुखी क्याम्पस, मोहन्याल बहुमुखी क्याम्पस, ऐश्वर्य बहुमुखी क्याम्पस, चौमाला बहुमुखी क्याम्पस, खप्तड बहुमुखी क्याम्पस, बुलबुले बहुमुखी क्याम्पस, राष्ट्रिय कलेज सुखड,  र रघुनाथ बहुमुखी क्याम्पसमा निर्वाचन हुन लागेको हो। निर्वाचनका लागि मतदानको समय बिहान ८ देखि दिउँसो ४ बजेसम्म निर्धारण गरिएको छ। आज […]

उपराष्ट्रपति निर्वाचनको मतगणना साढे ३ बजेबाट

नयाँ उपराष्ट्रपतिको निर्वाचनमा मतदान सम्पन्न भएको छ । नयाँ उपराष्ट्रपतिको निर्वाचनका लागि शुक्रबार भएको मतदानको साढे ३ बजेबाट मतगणना सुरु हुनेछ । मतगणना नयाँ बानेश्वरस्थित संसद् भवनमा हुनेछ । बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म सकिएको थियो । मतगणनापछि  शुक्रबार नै उपराष्ट्रपति निर्वाचनको प्रमाणपत्र प्रदान गरिने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ […]

राष्ट्रपतिले थाले टिम निर्माणको तयारी

नीति सिद्धान्तका कुरामा दिलचस्पी राख्ने थोरै नेतामध्ये पर्छन्, रामचन्द्र पौडेल । २५ फागुनमा राष्ट्रपति चुनिएसँगै उनले भनेका थिए, ‘नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन, स्वाधीनताको रक्षा, संविधानको पालना र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी नै मेरा मार्गनिर्देशक सिद्धान्त रहनेछन् ।’ देशको सर्वोच्च पदमा पुगेका पौडेलको पदको कार्यभार तथा संवैधानिक सीमाबाट दायाँ-बायाँ नगर्ने वास्तविक परीक्षा सोमबारबाट सुरु भएको छ […]

पौडेलले कांग्रेसको जिम्मेवारीबाट दिएको राजीनामा स्वीकृत

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसको सम्पूर्ण जिम्मेवारीबाट दिएको राजीनामा स्वीकृत भएको छ । सभापति शेरबहादुर देउवाले पार्टी विधानअनुसार अइतबारदेखि नै लागू हुने गरी पौडेलले दिएको राजीनामा स्वीकृत गरेका छन् । साथै, देउवाले राष्ट्रपति पदको गरिमा र जिम्मेवारीलाई संविधानको मर्म र भावना अनुरुप कार्यम्पादन गर्न पौडेल सफल हुने विश्वाससमेत व्यक्त गरेका छन्

प्रचण्डविरुद्धको मुद्दामा अग्राधिकार, के छ सर्वोच्चको आदेशमा ?

सर्वोच्च अदालतले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड विरुद्ध दायर मुद्दामा अग्राधिकार दिएको छ । रिट निवेदनमा उठाइएको विषयको महत्त्व, गम्भीर्यता तथा संवेदनशीलतातर्फ दृष्टिगत गर्दा विवादको निरुपण छिटो र छरितो गर्नुपर्ने मनासिव देखिएको भन्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले अग्राधिकार प्रदान गरेको हो ।  यस्तै सर्वोच्चको आदेशमा निवेदनको माग बमोजिम अन्तरिम आदेश जारी हुनेसम्मको […]

६० वर्ष लामो आरोह-अवरोहपछि राष्ट्रपति बनेका रामचन्द्र

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएका छन्। ७८ वर्षका पौडेल बिहीबार भएको चुनावबाट नेपालको तेस्रो राष्ट्रपति निर्वाचित भएका हुन्।  कलिलै उमेरमा २०१७ सालमा राजनीतिमा लागेका रामचन्द्र ६ दशक लामो राजनीतिपछि मुलुकको सर्वोच्च पदमा पुगेका हुन्।  उनी गत मंसिर ४ मा भएको निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए। पौडेल राष्ट्रपति निर्वाचित भएसँगै […]

कांग्रेस-एमाले सहकार्यबारे ओलीलाई गगन जवाफ: २०८४ अघि सम्भव छैन

कांग्रेसका महामन्त्री गगन थापाले नेकपा (एमाले) सँग २०८४ को आमनिर्वाचनअघि सत्ता सहकार्य नहुने बताएका छन्। बिहीबार राष्ट्रपतिको निर्वाचनमा मत खसालेपछि संवाददाताहरूसँग कुरा गर्दै महामन्त्री थापाले २०८४ को चुनावपछि एमाले प्रतिपक्षमा बस्ने र त्यसबेला आफूहरूले सत्तापक्षका रूपमा एमालेसँग सहकार्यको प्रस्ताव राख्ने बताएका हुन्। यसअघि राष्ट्रपतिको मतदानमा सहभागी भएपछि नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले कांग्रेससँग एमालेको सहकार्य […]

राष्ट्रपति निर्वाचनमा कसको कति छ मतभार?

बिहीबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा रहेका दुई वटा मतदान केन्द्रमा मतदान हुँदैछ। राष्ट्रपति निर्वाचनमा संघीय संसदअन्तर्गत राष्ट्रिय सभा र प्रतिनिधि सभा तथा सातै प्रदेश सभाका सदस्यहरू मतदाता हुन्छन्। संघीय सांसदको एक मत बराबर ७९ मतभार र प्रदेश सांसदको एक मत बराबर ४८ मतभार गणना हुनेछ। गत फागुन […]

मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिने : एमाले र  माओबादी

नेकपा एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिने निर्णय गरेको छ । संसदीय दलको बैठकले मुख्यमन्त्री शाहको विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रदेशसभा सदस्य सुरेन्द्र पालले जानकारी दिए ।२६ माघमा नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि एमालेका राजेन्द्र सिंह रावल नेतृत्वको सरकार ढलेको थियो । सोही दिन मुख्यमन्त्रीमा नियुक्त भएका […]